नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी, १० बैशाख । धादिङको ज्वालामूखी गाउँपालिकाका करार सेवाका कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । नेपाल सरकार अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको व्यवस्थाअनुसार गाउँपालिकालाई रोजगारदाताको रूपमा सूचीकृत गरी कर्मचारीहरूलाई कोषमा समावेश गरिएको हो ।
सामाजिक सुरक्षा कोषले जारी गरेको रोजगारदाता सूचिकृत प्रमाणपत्रअनुसार ज्वालामूखी गाउँपालिका, बागमती प्रदेश, धादिङलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम औपचारिक रूपमा दर्ता गरिएको उल्लेख छ । यससँगै गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीहरू सामाजिक सुरक्षा प्रणालीमा आबद्ध हुने प्रक्रिया कार्यान्वयनमा आएको हो ।
प्रमाणपत्रमा उल्लेख भएअनुसार गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरी कोषसँग आवद्धता सुनिश्चित गरेको छ । यसबाट कर्मचारीहरूले कोषमार्फत उपलब्ध विभिन्न सामाजिक सुरक्षाका सुविधाहरूमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
कोषका तर्फबाट उपकार्यकारी निर्देशक बिबेक पन्थीद्वारा हस्ताक्षरित प्रमाणपत्र २०८२ चैत्र १९ गते गाउँपालिकालाई प्रदान गरिएको थियो । यस कदमलाई स्थानीय तहमा कार्यरत करार कर्मचारीहरूको सामाजिक सुरक्षा पहुँच विस्तार गर्ने पहलका रूपमा हेरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |