कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
धादिङबेशी, १० बैशाख । धादिङको ज्वालामूखी गाउँपालिकाका करार सेवाका कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । नेपाल सरकार अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको व्यवस्थाअनुसार गाउँपालिकालाई रोजगारदाताको रूपमा सूचीकृत गरी कर्मचारीहरूलाई कोषमा समावेश गरिएको हो ।
सामाजिक सुरक्षा कोषले जारी गरेको रोजगारदाता सूचिकृत प्रमाणपत्रअनुसार ज्वालामूखी गाउँपालिका, बागमती प्रदेश, धादिङलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ बमोजिम औपचारिक रूपमा दर्ता गरिएको उल्लेख छ । यससँगै गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीहरू सामाजिक सुरक्षा प्रणालीमा आबद्ध हुने प्रक्रिया कार्यान्वयनमा आएको हो ।
प्रमाणपत्रमा उल्लेख भएअनुसार गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरी कोषसँग आवद्धता सुनिश्चित गरेको छ । यसबाट कर्मचारीहरूले कोषमार्फत उपलब्ध विभिन्न सामाजिक सुरक्षाका सुविधाहरूमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
कोषका तर्फबाट उपकार्यकारी निर्देशक बिबेक पन्थीद्वारा हस्ताक्षरित प्रमाणपत्र २०८२ चैत्र १९ गते गाउँपालिकालाई प्रदान गरिएको थियो । यस कदमलाई स्थानीय तहमा कार्यरत करार कर्मचारीहरूको सामाजिक सुरक्षा पहुँच विस्तार गर्ने पहलका रूपमा हेरिएको छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।