कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
धादिङ,२ बैशाख
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ मा रहेको बाघबच्छला मन्दिरको नयाँ बर्षको अवसर पारेर उद्घाटन गरीएको छ । प्रदेश सरकार र स्थानीय सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको मन्दिरको बैशाख १ गते वडा अध्यक्ष विशाल लुङ्गेली मगरले उद्घाटन गर्नुभएको हो । धार्मिक तथा ऐतिहासिक उक्त मन्दिर भुकम्पको समयमा जिर्ण बनेको थियो । वडा अध्यक्ष विशाल लुङ्गेली र स्थानीयको चासोको बाबजुत मन्दिर निर्माण कार्य सम्पन्न भएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टोलप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष विशाल लुङ्गेली मगरको प्रमुख आतिथ्यता रहेको थियो ।वडा सदस्य सुनिल तामाङको विशेष आतिथ्यता रहेको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति राजु थापा, नेपाली काँग्रेसका वडा सभापति मनोज भुजेल, गोगनपानी साना किसान कृषि सहकारी संस्थाका बद्री प्रसाद रुपाखेती, उज्यालो युवा समाजका अध्यक्ष हरिप्रसाद अधिकारी, गोगनपानी साना किसान कृषि सहकारी संस्था अन्तर समूह–२ का अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष बलबहादुर नेपाल प्रबन्धक सञ्जय सुवेदी, जनसेवा आधारभूत विद्यालय व्यवस्थापन समितिका सदस्य सुमन तामाङ लगायतको उपस्थिति रहेको थियो।

मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै वडा अध्यक्ष विशाल लुङगेली मगरले आफु वडा अध्यक्षमा निर्वाचित भएपछि वडाको समग्र विकासमा ध्यान दिएको बताउनुभयो । वडा भित्रका समस्याहरुलाई पालिका,प्रदेश र संघ सम्म लगेर बजेट माग्ने काम गरेको भन्दै उहाँले सिमित बजेटका विच पनि जनअपेक्षा अनुसार काम गईरहेको बताउनुभयो । आगामी दिनमा पनि वडाका नागरिकहरुका भावना अनसार काम गर्दै जाने प्रतिवद्धता व्वक्त गर्नुभएको छ । मन्दिरको पुनर्निर्माणसँगै धार्मिक आस्था अभिवृद्धि हुनुका साथै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ। कार्यक्रमको उद्घोषक रुपमा सक्षम नेपालले गर्नुभएको थियो ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।