कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो नेपाल प्रवर्द्धन अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उपाध्यक्ष लोक प्रसाद दाहाललाई नेपाल प्रवर्द्धन विभाग प्रमुखको जिम्मेवारी दिएको छ। ११४औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकको निर्णयअनुसार सन् २०२५–२०२७ कार्यकालका लागि गरिएको यो नियुक्तिलाई संघभित्र नीति–कार्यक्रम कार्यान्वयनमा गति दिने प्रयासका रूपमा हेरिएको छ। अध्यक्ष डा. हेमराज शर्मा र महासचिव डा. चिरञ्जीवी खड्काले दाहाललाई पठाएको औपचारिक पत्रमा विभागको स्पष्ट कार्यविधि र परिणाममुखी कार्ययोजना तयार गर्न भनिएको छ।
यसले विगतमा प्रायः घोषणामै सीमित रहने प्रवर्द्धन कार्यक्रमलाई कार्यान्वयनमुखी बनाउने अपेक्षा गरिएको छ। दाहालले अधिकतम १७ सदस्यीय कार्यसमिति र ५ जना विज्ञ सल्लाहकार प्रस्ताव गर्ने तयारी गरेसँगै विभागलाई संस्थागत रूपमा सुदृढ बनाउने स्पष्ट पार्नुभएको छ । एनआरएनएभित्र नेपाल प्रवर्द्धन विभागलाई लामो समयदेखि ‘सम्भावना धेरै, उपलब्धि सीमित’ रहेको इकाइका रूपमा आलोचना हुँदै आएको छ। विशेषतः पर्यटन, लगानी र सांस्कृतिक कूटनीतिमा प्रवासी नेपालीको सञ्जाल प्रभावकारी रूपमा परिचालन हुन नसकेको गुनासो रहँदै आएको अवस्थामा दाहालको नियुक्ति सुधारको अवसरका रूपमा हेरिएको छ। क
र्मथलो बेल्जियम रहेका दाहाल पर्यटन क्षेत्रसँग नजिक रहेर काम गरेका कारण व्यवहारिक अनुभव भएका व्यक्तिका रूपमा चिनिनुहुन्छ। उहाँले उच्च हिमाली दौड आयोजना गर्ने अवधारणा अघि सार्नुभएको छ। जसले साहसिक पर्यटन प्रवर्द्धनसँगै अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ। हिमाल आरोही र भरियाबीचको सम्बन्ध सुदृढ बनाउने उद्देश्यसहितको यस्तो कार्यक्रमले पर्यटन क्षेत्रमा मानवीय आयामसमेत उजागर गर्ने विश्वास गरिएको छ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।