कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी
धादिङबेशी । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २, धादिङको क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्न संयुक्त बैठक सम्पन्न गरेको छ।
बैठकमा निर्वाचन प्रचार–प्रसार संयोजक तथा जिल्ला कार्यसमिति सहसचिव नवराज तिमल्सिनाले प्रस्तुत गरेको प्रतिवेदनमा अपेक्षित परिणाम हासिल हुन नसकेको यथार्थलाई स्वीकार गर्दै संगठनात्मक कमजोरी, आन्तरिक गुटबन्दी र समन्वय अभावलाई मुख्य कारणका रूपमा औंल्याइएको छ।
प्रतिवेदनअनुसार क्षेत्र नं. २ मा कुल १ लाख ३८ हजार ५९४ मतदाता रहेकामा ५३.११ प्रतिशत मात्र मतदान भएको थियो। उक्त निर्वाचनमा कांग्रेस उम्मेदवार रमेश धमलाले २० हजार २७९ मत प्राप्त गरे पनि विजयका लागि पर्याप्त हुन सकेन।
प्रचार–प्रसारका क्रममा घरदैलो, अन्तरक्रिया, कोणसभा, सामाजिक सञ्जाल अभियान लगायत कार्यक्रम सञ्चालन गरिए पनि ती प्रयासहरू पर्याप्त योजनाबद्ध र समन्वित हुन नसकेको निष्कर्ष निकालिएको छ। साथै, डिजिटल माध्यमको प्रभावकारी उपयोगमा कमजोरी र मतदाताको बदलिँदो अपेक्षा बुझ्न नसक्नु पनि चुनौतीका रूपमा औंल्याइएको छ।
प्रतिवेदनमा आगामी दिनका लागि संगठन सुदृढीकरण, गुटबन्दी अन्त्य, पारदर्शी उम्मेदवार चयन, नियमित जनसम्पर्क अभियान तथा प्रविधिमैत्री प्रचार–प्रसारलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइएको छ।
नेतृत्वले हारलाई सिकाइका रूपमा लिँदै संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने, युवालाई आकर्षित गर्ने र जनजीविकासँग जोडिएका मुद्दामा केन्द्रित हुने रणनीति अघि सारिएको छ।
कार्यक्रममा सहभागी नेताहरूले एकता, समर्पण र सक्रियताका साथ अघि बढे आगामी निर्वाचनमा सशक्त उपस्थिती जनाउने विश्वास व्यक्त गरेका छन्।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।