युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
धादिङबेशी । नेत्रावती डबजोङ गाउँपालिकाले वातावरण संरक्षण तथा धुवाँजन्य प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले २८०० भन्दा बढी घरधुरीलाई सुधारिएको चुलो वितरण गरेको छ।
नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश वाइबाका अनुसार गाउँपालिका भरिका सबै वडामा सुधारिएको चुलो वितरण गरिएको हो। स्थानीय तह र गैरसरकारी संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत घरघरमा वातावरणमैत्री चुलो पुर्याइएको उहाँले जानकारी दिनुभयो।
सुधारिएको चुलो वडा नम्बर १ मा ५८६, वडा नम्बर २ मा ३७५, वडा नम्बर ३ मा ५८४, वडा नम्बर ४ मा ६३६ र वडा नम्बर ५ मा ६३१ घरधुरीलाई सुधारिएको चुलो बितरण गरिएको हो ।
सुधारिएको चुलो प्रयोगले दाउराको खपत घटाउने, धुवाँ कम गर्ने र घरभित्रको वायु प्रदूषण न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ। यसबाट विशेषगरी महिला र बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने पनि विश्वास गरिएको छ।
गाउँपालिकाले आगामी दिनमा पनि वातावरणमैत्री प्रविधि विस्तार गर्दै दिगो विकास र स्वच्छ वातावरण निर्माणमा जोड दिने जनाएको छ।
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।