नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ,२३ मंसिर
नीलकण्ठ नगरपालिकाको आयोजनामा तथा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्काई फोटोफिल्मस् एण्ड मिडिया हाउसले निर्माण गरेको सडक नाटक ल्य ःभबलक ल्य बिचबजारमा प्रदर्शन गरिएको छ। लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियानको अवसरमा प्रस्तुत गरिएको नाटक लैङ्गिक हिंसा, डिजिटल दुरुपयोग र युवाहरूबीच बढ्दो सामाजिक समस्याबारे सचेतना फैलाउन तयार गरिएको थियो ।
बिनोद तमु बल्लुको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा बल्लु, रवि भट्टराई, मनिष श्रेष्ठ, अनिस श्रेष्ठ, प्रतिमा अर्याल, समिता लम्साल, रोशन बयलकोटी र समिर रिजाल लगायतको अभिनय रहेको थियो ।

नाटकले विशेष रूपले युवतीहरूमाथि हुने मनोवैज्ञानिक दवाब, प्रेम अस्वीकार गर्दा देखिने आक्रामक व्यवहार, सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या, र ब्क्ष् प्रविधिको दुरुपयोगले निम्त्याउने गम्भीर परिणामलाई सशक्त रूपमा प्रस्तुत गरेको थियो । “अस्वीकार मतलब अस्वीकार नै हो, भन्ने मुख्य सन्देश बोकेको नाटकले युवाहरूलाई सही सोच, सुरक्षित व्यवहार र डिजिटल जिम्मेवारीप्रति चेतना जगाउने काम गरेको नीलकण्ठ नगरपालिकाको उपप्रमुख दिपक बिश्वकर्माले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |