धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ, कात्तिक १४ गते ।
अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा सम्पन्न जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा चौथो स्थान हासिल गर्ने सुन्दरी माध्यमिक विद्यालयकी छात्रा सन्ध्या बिकलाई त्रिपुरासुन्दरी गाउँपालिकाले सम्मान गरेको छ ।
गाउँपालिकाले बिहीबार आयोजना गरेको विशेष कार्यक्रममा अध्यक्ष राजु उप्रेती र उपाध्यक्ष देवराज धरेलले छात्रा बिकलाई नगद सात हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।
कार्यक्रममा वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालय र गाउँपालिकाको नाम उजागर गरेको भन्दै बिकको प्रशंसा गरिएको थियो।
गाउँपालिका अध्यक्ष उप्रेतीले प्रतिभावान विद्यार्थीहरूको हौसला बढाउने उद्देश्यले यस्तो सम्मान कार्यक्रमले प्रेरणा दिने बताउनुभयो ।
त्यसैगरी धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष तथा समाजसेवी टक बहादुर रुवालीले पनि बिकलाई नगद पाँच हजार रुपैयाँ प्रदान गर्नुभएको छ। विद्यार्थीको प्रोत्साहन स्वरुप सहयोग गरिएको रुवालीले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |