नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ९, आईतबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
  • धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
समाचार
ताजा समाचार

पारिजातको संरक्षण र प्रवर्द्धनमा विशेष पहल

नीलकण्ठ एफ.एम
  • २०८२ आश्विन २९, बुधबार
  • १ साल अघि
  • ५ मिनेट पढाइ
  • ५२०१ पटक पढिएको
पारिजातको संरक्षण र प्रवर्द्धनमा विशेष पहल

धादिङ,असोज २९ गते
जिल्लामा जैविक विविधता तथा औषधीय महत्व बोकेको लोपोन्मुख बिरुवा “पारिजात“ को संरक्षणमा डिभिजन वन कार्यालय धादिङले विशेष ध्यान दिएको छ । बेनीघाट रोराङ गाउँपालिका – १० स्थित जवाङ मौवा खोला सामुदायिक वन क्षेत्रमा रहेको पारिजातको संरक्षण तथा प्रवद्र्धन कार्य तीव्र रुपमा अगाडि बढाइएको छ।

वन कार्यालयका अनुसार १.८ हेक्टर कोर क्षेत्र र वरपरको ५ हेक्टर पेरिफेरी क्षेत्रमा पारिजात संरक्षणको काम भइरहेको छ । सोही सामुदायिक वनको तीन वटा ब्लकमा करिब २० हेक्टर क्षेत्रमा व्यवस्थित रुपमा पारिजात बन विस्तार गर्ने योजना बनाइएको छ ।

डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यका अनुसार, संघीय ससंत अनुदानबाट २० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ। र प्रदेश सरकारबाट ४ लाख रुपैयाँ परेको छ । यस अन्तर्गत सो क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य र अध्ययन केन्द्रको रुपमा विकास गरिने लक्ष्य राखिएको छ । स्थानीय तहको पनि संरक्षणमा उल्लेख्य योगदान रहने अपेक्षा गरिएको छ ।

बेनीघाट रोराङ गाउँपालिकाले पनि पारिजातको जङ्गललाई संरक्षण गर्नको लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने गाउँपालिकाका विपद् व्यवस्थापन शाखाका अधिकृत मणिराज गुरुङले प्रतिबद्धता जनाउनुभएको छ।

पारिजातको महत्व बुझाउन र जनचेतना फैलाउन वन कार्यालयले बृहत् “पारिजात साहित्यि महोत्सव” आयोजना गर्ने तयारी गरेको छ। अधिकृत आचार्यले स्थानीयहरूद्वारा पारिजातको घाँसदाउरा प्रयोजनमा अत्यधिक उपयोग भइरहेको बताउँदै, अबदेखि यसलाई पूर्णरूपमा रोक लगाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

विशेष गरी जंगलका प्रमुख स्थानहरूमा सूचना बोर्डहरू स्थापना, पदमार्गहरू निर्माण, विश्राम स्थलहरूको व्यवस्था, तथा जंगल सफा राख्न स्वयंसेवक परिचालन गरिने आचार्यले बताउनुभयो ।

बुधबार डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यको नेतृत्वमा बेनिघाट रोराङ गाउँपालिकाको विपद् व्यवस्थापन शाखाका अधिकृत मणिराज गुरुङ, पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी लगायत अन्य सरोकारवाला तथा स्थानीयहरुले पारिजात जङ्गलको अवलोकन गरेको हो ।

यदि यो योजनाबद्ध ढंगले सफल भयो भने धादिङ जिल्लामा पर्यटकीय गन्तव्यको नयाँ पहिचान स्थापित हुने विश्वास लिइएको छ । यस पहलले जैविक संरक्षणसँगै धादिङको पर्यटकीय सम्भावनालाई उजागर गर्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धित थप
धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ अपराध

धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ

२ घण्टा अघि
रुविभ्याली पदमार्ग खुला मनोरन्जन

रुविभ्याली पदमार्ग खुला

४ घण्टा अघि
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु मुख्य समाचार

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

१७ घण्टा अघि
Post Thumbnail मुख्य समाचार

बागमतीका अर्थमन्त्री सरल सहयात्री धादिङ आउँदै

१७ घण्टा अघि
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने मुख्य समाचार

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

१ दिन अघि
बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु मुख्य समाचार

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

१ दिन अघि
दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा 	बिदेसिँदै नेपाली मुख्य समाचार

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

२ दिन अघि
मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद् मुख्य समाचार

मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

२ दिन अघि
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

१ हफ्ता अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

१ हफ्ता अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

१ हफ्ता अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

१ हफ्ता अघि
समाचार
धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ

धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ

रुविभ्याली पदमार्ग खुला

रुविभ्याली पदमार्ग खुला

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

Post Thumbnail

बागमतीका अर्थमन्त्री सरल सहयात्री धादिङ आउँदै

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0