धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङबेशी । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय धादिङले आफ्नो कार्यालयबाट सम्पादित भएका कार्यहरुको विवरण सामाजिक सन्जाल मार्फत सार्वजनिक गर्ने असल अभ्यासको सुरुवात गरेको छ ।
कार्यालयले सामाजिक सञ्जालमार्फत प्रत्येक दिनका प्रमुख कार्यहरूको विस्तृत विवरण सार्वजनिक गर्न थालेपछि सेवाग्राहीहरूले यसलाई “जनमुखी र उत्तरदायी पहल” भनेर स्वागत गरेका छन् ।
नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्वको भीड, हालैका मनसुनजन्य विपद् र जेन–जेड आन्दोलनका कारण सेवाग्राही प्रभावित भइरहेका बेला कार्यालयले टोकन लिएका नागरिकका काम कार्यालय समयपछि पनि सोही दिन सम्पन्न गर्ने व्यवस्था गरेको छ । यसलाई धादिङबासीहरूले “जनताको सुविधा केन्द्रित सेवा” भन्दै प्रशंसा गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङले आज शुक्रबार एकै दिनमा विभिन्न शाखा तथा इकाइमार्फत २७२ सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले सार्वजनिक गरेको दैनिक कार्य विवरणअनुसार नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रका काममा सर्वाधिक सेवा प्रदान गरिएको छ ।
कार्यालयका अनुसार आजको दिन ३८ जनालाई नयाँ नागरिकता र ४६ जनालाई प्रतिलिपि नागरिकता जारी गरिएको छ । त्यस्तै, १ जना नयाँ नाबालक परिचयपत्र प्राप्त गरेका छन् भने १ जनालाई प्रतिलिपि परिचयपत्र प्रदान गरिएको छ । राहदानी (पासपोर्ट) सेवा अन्तर्गत ४२ जनालाई राहदानी वितरण गरिएको र २६ जनाबाट नयाँ राहदानीको लागि आवेदन संकलन गरिएको छ । राष्ट्रिय परिचयपत्रका १४ कार्ड वितरण गरिएका छन् भने ९५ जना सेवाग्राहीबाट नयाँ आवेदन संकलन गरिएको छ ।
नाम, थर सम्बन्धी प्रमाणीकरण १ जनाको गरिएको छ भने ३ जनालाई आदिवासी जनजाति तथा दलित÷खस आर्य प्रमाणित गरिएको कार्यालयले जनाएको छ । साथै, विभिन्न मन्त्रालय तथा विभागबाट प्राप्त ५ वटा पत्रको जवाफ पनि शुक्रबार नै पठाइएको छ ।
प्रशासकीय अधिकृत रोशन राईका अनुसार दैनिक कार्य विवरण सार्वजनिक गर्ने अभ्यासले सेवाग्राहीलाई सहज बनाउने मात्र होइन, सरकारी कामको पारदर्शिता र विश्वसनीयता पनि बढाउने उद्देश्य राखिएको छ । अधिकृत राईले भन्नुभयो, “हामी जनताको समयको कदर गर्छौं । कार्यालयले अब सेवा प्रवाहमा गुणस्तर र पारदर्शिता दुवैलाई प्राथमिकता दिनेछ ।” धादिङ प्रशासनको यो पहल अन्य सरकारी निकायहरूका लागि पनि उत्कृष्ट अभ्यासको नमूना बन्ने देखिन्छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |