बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङ, साउन १२ गते ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले काठमाडौंमा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण शिविरबाट २६५ जनाले सेवा लिएका छन्।
शिविर साउन ९ र १० गते आन्तरिक राजश्व कार्यालय परिसर, कलंकीमा सञ्चालन गरिएको थियो। गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलका अनुसारस्थायी ठेगाना त्रिपुरासुन्दरी भए पनि हाल काठमाडौंमा बसोबास गरिरहेका लाभग्राहीलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको हो।
चालु आर्थिक वर्ष २०८२/८३ देखि अनिवार्य रूपमा बायोमेट्रिक प्रणालीमार्फत नविकरण गर्नुपर्ने भएकाले वर्षायामका कारण पालिका आफैँ पुग्न नसक्ने लाभग्राहीलाई मध्यनजर गर्दै पालिकाले यो पहल सुरु गरेको हो।
उपाध्यक्ष धरेलका अनुसार, काठमाडौंपछि चितवन र पोखरामा पनि यस्तै शिविर सञ्चालन हुने छ। चितवनको रत्ननगर नगरपालिका–२ को कार्यालय परिसर, टाँडीमा साउन १२ र १३ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म शिविर सञ्चालन हुनेछ।
त्यसैगरी, पोखरा महानगरपालिका–९ को कार्यालय परिसर, न्युरोडमा साउन १५ र १६ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण शिविर सञ्चालन गरिनेछ।
पालिकाले सबै लाभग्राहीहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई परिचयपत्र नविकरण गर्न अनुरोध गरेको छ। सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ४(४) अनुसार सबै लाभग्राहीले प्रत्येक वर्ष भदौ मसान्तभित्र परिचयपत्र नविकरण गर्नुपर्ने प्रावधान छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |