कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी
धादिङ,०९ असार ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइबार आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पालिका अध्यक्ष राजु उप्रेतीले र बजेट उपाध्यक्ष देवराज धरेलले सार्वजनिक गर्नुभएको हो ।
गाउँअधिवेशनमा उपाध्यक्ष धरेलले प्रस्तुत गरेको आर्थिक वर्षको बजेट ६४ करोड ९० लाख रुपैयाँ सर्वसम्मतले पारित समेत भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको जानकारी गराउनुभयो । उहाँका अनुसार आगामी वर्षभित्र सबै वडा कार्यालयसम्म सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको छ।
कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै प्राङ्गारिक मल, मौरीपालन, माटो परीक्षण, मास उत्पादन तथा कृषि एम्बुलेन्स सञ्चालनको योजना समेटिएको छ । त्यसैगरी ‘एक विद्यालय, एक करेसाबारी’ र ‘दिवा खाजामा रैथाने बाली’ अभियान अघि बढाइने छ।
गाउँपालिकाको बजेटबाट माध्यमिक शिक्षा निशुल्क कार्यक्रमलाई निरन्तरता दिइनेछ भने स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि ५ करोड ८० हजार रुपैयाँ छुट्याइएको छ । जिविकोपार्जन कार्यक्रमका लागि ५५ लाख २२ हजार, खेलकुद क्षेत्रमा २५ लाख, पूर्वाधार विकासमा २५ करोड ६७ लाख, प्रत्येक वडाका लागि ४० लाख र विपद् व्यवस्थापन कोषमा ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।