नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ,१६ जेठ
धादिङको ज्वालामुखी गाउँपालिका–३, मैदीमा रहेको शमीभञ्ज्याङ्ग माध्यमिक विद्यालयले विद्यार्थी नेतृत्व चयन गर्नका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।विद्यालय व्यवस्थापनको निर्णय अनुसार बाल क्लव र यूरेस अन्तर्गत विद्यार्थी प्रतिनिधि चयनको लागि निर्वाचन हुन लागेको हो । जेठ १९ गते निर्वाचन प्रक्रिया सञ्चालनको लागि तयारी तिव्र पारीएको छ ।
निर्वाचन प्रक्रिया पूर्णरूपमा पारदर्शी, निष्पक्ष तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै विद्यार्थी, शिक्षक तथा सरोकारवालालाई सहकार्यको आग्रह गर्दे निर्वाचन प्रक्रियामा सहभागी हुनको लागि विद्यार्थीहरुलाई विद्यालयले आग्रह गरेको छ ।निर्वाचनका लागि अध्यक्षमा २, उपाध्यक्षमा २, सचिवमा ४ र कोषाध्यक्षमा २ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत नवराज सापकोटाले जानकारी दिनुभयो ।
मतदाता नामावली, उम्मेदवार सूची प्रकाशन, चुनाव चिन्ह वितरण, मौन अवधि, प्रचारप्रसार समय लगायतका सम्पूर्ण चरणहरू सुव्यवस्थित तालिका अनुसार तय गरिएको छ ।जेठ १९ गते बिहान १ बजे देखि ३ बजे सम्म निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको हो ।
यस्ता निर्वाचन प्रक्रियाले विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यास, नेतृत्व विकास गर्नको लागि निर्वाचनले विद्यार्थीहरुलाई टेवा पुग्ने शिक्षक नवराज सापकोटाले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |