नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ,१४ जेठ
धादिङबेसी स्थिते चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८२ को लागि कप्तान र उपकप्तान चयन गरेको छ । विद्यालयले निर्वाचन प्रक्रिया मार्फत विद्यालको कप्तान र उपकप्तान चयन गरेको हो । विद्यालयको कप्तानमा १ सय ५९ मत सहित सिठी समुह बाट लिडिया तामाङ निर्वाचित हुनुभएको छ भने उपकप्तानमा ६६ मत सहित बाघ समुहका सोहन गुरुङ निर्वाचित हुनुभएको प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
५ सय ५३ जना मतदाता रहेको चिल्ड्रेनपार्क आवासिय माध्यामिक विद्यालयमा ५ सय ३२ जनाले मतदान गरेका थिए ।एकजना नायकका लागि ७ जना र एक जना सह–नायकका लागि ३५ जना उम्मेदवार रहेको थियो ।विद्यार्थीहरुको सिकाई क्रियाकलापलाई प्रयोगात्मक अभ्यास मार्फत जानकारी दिने उद्देश्यले प्रकृया पुरा गरेर शान्तपुर्वक निर्वाचन गरिएको प्रिन्सिपल श्रेष्ठले बताउनुभयो । शुक्रबार भएको मतदानको मतगणना गरि मंगलबार मत परिणाम सार्वजनिक गरिएको हो ।
कार्यक्रममा विद्यालयका निवर्तमान कप्तान संगम गुरूङ र उप कप्तान दिपसन सिम्खडाले ब्याच हस्तान्तरण गरी बधाई दिएका थिए ।यसै अवसरमा प्याब्सन धादिङले आयोजना गरेको चित्रकला प्रतियोगितामा द्वितीय हुने कक्षा ८ का आयुस बराइली, १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेकान्दो तर्फ प्रथम हने विवेक घले, आशिष तामाङ,द्वितीय हुने सुजन सिंह ठकुरी, तृतीय हुने ओसन गुरूङ र कबड्डी तर्फ प्रथम हुने जीवन श्रेष्ठ, रेजिना तामाङ र कविता तामाङलाई पनि सम्मान गरिएको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |