नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ,१२ चैत्र
विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विरोधमा धादिङबेसीमा राके जुलुस निकालिएको छ । सरकारले नियोजित रुपमा देशको सच्चा व्यक्तिलाई अपमानित रुपमा बर्खास्त गरेको भन्द निर्णय सच्चाउन माग गर्दै धादिङबेसीमा राके जुलुस निकालिएको हो ।
नेकपा माओवादी केन्द्र निकट वाईसियल धादिङ,अखिल क्रान्तिकारी र तामाङ राष्ट्रिय मुक्ति मोर्चाले संयुक्त रुपमा बिरोधमा उत्रिएका हुन् ।राके जुलुस पश्चातको कोण सभालाई सम्बोधन गर्नुहुदै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीले बर्तमान सरकार भष्टचारीलाई जोगाउने र राम्रो काम गर्नेलाई कारबाही गरेको भन्दै तत्तकाल निर्णय सच्चाउन माग गर्नुभयो ।
उज्यालो नेपालका नायक घिसिङले घाटामा गएको विद्युत प्राधिकरणलाई अर्बौ नाफामा लान सफल भएको र १८ घण्टे लोडसेटीङलाई लोडसेटीङ मुक्त गराएको व्यक्तिलाई पुरस्कार दिनुपर्नेमा कारबाही गरेर जनआक्रोस बढाउको बताउनुभयो । विद्युत बक्यौता झिसमिस पारी राष्ट्रलाई घाटा गर्ने र व्यक्तिहरुले फाईदा लिने उदेश्यले यो कदम चालिएको भन्दै यसको चौतर्फी विरोध धईरहेको छ । सहभागीले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |