धादिङ,२० माघ
धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयको आयोजनामा एक दिने अभिभावक र विद्यार्थीको लागि आयोजित उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।विद्यालयको बार्षिक कार्ययोजना अनुसार कार्यक्रमको आयोजना गरीएको विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।अभिभावक र विद्यार्थीहरुलाई सकारात्मक सोचको बिकास गर्ने उधेश्यले उत्प्रेरणा कार्यक्रमको आयोजना गरीएको श्रेष्ठले बताउनुभयो ।बिद्यालयका अभिभावक शिक्षक र विद्यार्थीहरुलाई जवाफदेहिता अनुशासित र जिम्मेवारी बोध गराउने उदेश्यले कार्यक्रमको आयोजना गरीएको विद्यालय संयोजक शशि अर्यालले बताउनुभयो ।
अभिभावकत्वको प्रकार,बाल मनोविज्ञानलाई कसरी सम्बोधन गर्ने र दबाब बिनै कसरी बालबालिकाहरुलाई व्यवहार गर्ने भन्ने विषमया मोटिभेटर डा. तारा गिरीले जानकारी गराउनु भएको थियो ।पछिल्लो समय अधिकांस मानिसहरु आफ्नो जिम्मेवारीबारे बोध नभै जवाफदेहिता र उत्तरदायित्व पूरा नहुने नकारात्मक धारणा मात्रै बिकास हुने जस्ता कारणले बालबालिकाको शिक्षामा समेत असर पर्ने गरेकोले यस्तो तालिम आयोजना गरिएको विद्यालय संयोजक अर्यालले बताउनुभयो।
बिधालयको बालवालिका लाई सकारात्मक उर्जा दिन अभिभावक र शिक्षक बिचको दायित्व र सकरात्मक भूमिका अभिबृद्वि कसरी गर्ने भन्ने विषयमा समेत जानकारी गराईएको थियो ।बालबालिकाहरुलाई पढाई प्रति कसरी लगाब लगाउने? किन पढ्ने?संस्कारी कसरी बन्ने भन्ने विषयमा विद्यार्थीहरुलाई समेत डा. गिरीले सहजिकरण गर्नुभएको थियो।
बालवालिकाको शिक्षा र भबिष्य नै अभिभावक र शिक्षकको भूमिकामा निर्भर हुने भन्दै बालबालिकाहरुलाई सुन्ने र छुने क्रियाकलापलाई नियमित गर्नुपर्ने डा. गिरी बताउनुभयो ।बालबालिका भबिष्यमा के बन्ने भन्ने कुराको निर्भर अभिभावकसँग हुने बताउनुभयो।घरबाटै संस्कार सिकेको बालबालिकाहरुले जीवनमा ठुलो प्रगती गर्ने भन्दै उहाँले आफ्नो नानीबाबुहरुलाई बुझ्ने कोसिश गर्नको लागि अभिभावकहरुलाई आग्रह गर्नुभएको थियो।चिल्ड्रेनपार्क आवसिय माध्यमिक विद्यालयले विगत दुई बर्षदेखी विद्यालय मनोपरामर्श कार्यक्रम समेत सन्चालन गर्र्दै आईरहेको छ। बालबालिकाहरुमा देखिने मनोसामाजिक समस्यालाई पहिचाहन गरी परामर्श र औषधीको लागि रेफर समेत गर्ने गरेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |