नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङबेशी । रगत संकलनको हिसावले प्रख्यात बनेको धादिङ जिल्लामा हाल रगतको अभाव हुन थालेको छ । अहिले धादिङ मात्रै होईन काठमाण्डौ,भक्तपुर लगाएतको स्थानमा समेत रगत अभाव भएको देखिन्छ ।
दसैँ सुरु भएदेखि नै रक्तदान लगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैङ्कमा समेत रगतको अभाव भएको छ । हाल धादिङमा डेङ्गु , वैदेशिक रोजगारको लागि युवाहरु विदेश पलायन र चार्डपर्वको कारण रगतको अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष तथा बागमती प्रदेशका सदस्य नारायण कुमार श्रेष्ठले बताउनु भयो ।
उहाँले चाडबाडको बेलामा रक्तदान लगायत कार्यक्रम नुहँदा रगत अभाव भएको बताउँदै माग अनुसार रगत उपलब्ध गराउन नसकेको बताउनु भएको छ । पहिला पहिला धादिङ बाटै काठमाण्डौ, भक्तपुर लगाएतको स्थानमा रगतको ब्यवस्थापन मिलाउथ्यौ अहिले रगत अभाव भएर हम्मे हम्मे भएको श्रेष्ठले बताउनु भयो । रगतका लागी फोन आउँछ ब्लड बैङ्कमा नै नभएपछि ब्यवस्थापनमा गाहो भएको उहाँको भनाई छ ।
रक्तदान नहुँदा आपत्कालीन अवस्थाका बिरामीका लागि आफुहरुले रक्तदाताहरुलाई फोन गरेर बोलाउँदै रगत सङ्कलन गरेर दिने गरेको श्रेष्ठको भनाई छ ।
उहाँका अनुसार अस्पतालहरुले दसैँको समयमा ठूला शल्यक्रिया नगरे पनि रक्त क्यान्सरका बिरामी, दुर्घटनाका बिरामी र डेङ्गुका बिरामीका लागि रगतको माग बढेको छ । डेङ्गुका बिरामी बढ्दै गएपछि रगतको माग पनि बढ्दै गएको उहाँको भनाई छ । उहाँले रक्तदान लगाएतका कार्यक्रमहरु सुचारु गर्न सघ,संस्थाहरुलाई आग्रह समेत गर्नु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |