बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङ । अहिले माओवादी नेता कार्यकर्ताहरुको ब्यवहारमा सुधार हुन थालेको देखिन्छ । जनता संग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा गाउँ गाउँमा पुगेर पुरानै शैलिमा जनमुखी काम गर्न थालेपछि स्थानियहरु समेत दङ्ग पर्न थालेका छन् ।
धादिङको १०४ वटै वडामा फरक फरक शैलीमा एकै चोटी अभियान सुरु गरेको माओवादीले हाल गाउँ गाउँमा जनताका दुखमा मलम लगाईरहेका देखिन्छन् । अभियान कै क्रममा पनि नेताले कार्यकर्तालाई गरिने ब्यवहारमा आत्मालोचित हुँदै सुधार भएको भेटिएकोले कार्यकर्ताहरु समेत खुसी देखिन्छन् । पछिल्ला दिनहरुमा माओवादीले गाउँ गाउँमा गएर बिगतका जस्तै बाटो खन्ने,समुदाय, समाजमा सरसफाई गर्ने, किसानको खेतबारीमा काम गरिदिने, दुखका कुरा सुनिदिने र समाधान पनि बताईदिने गर्न थालेका छन्।
पछिल्लो समय खनियाबास गाउँपालिकाका माओवादीहरुले पहिरोले क्षतबिक्षत भएको वडा न ४ को धार्नाका पहिरोमा बाटो बनाए । सिद्धलेकका माओवादीहरुले किसानको खेतमा गएर गोडमेल गरिदिए । बेनिघाट रोराङका माओवादीहरु शहिद परिवारका सदस्यहरुलाई भेटघाटमा ब्यस्त छन् । नीलकण्ठमा पनि माओवादीहरु जनताका घरघरमा जान थालेको देखिन्छ । सुरुवातीका यी गतिबिधिहरु हेर्दा धादिङमा माओवादी अभियानले सार्थकता पाउने संकेत देखिन्छ ।
धादिङ जिल्लाका अन्य स्थानहरुमा पनि आत्मालोचना सहितको अन्तरक्रिया,योजना निर्माणका लागी बैठक,भेला,प्रशिक्षण जस्ता गतिबिधिहरु भैरहेको देखिन्छ । माओवादी बाट निर्वाचित जनप्रतिनिधिहरुलाई पनि अभियान झस्काएको देखिन्छ । उनिहरु पनि जनताका घरदैलोमा आफुले गरेका गतिबिधि र जनताका समस्या सुन्न ब्यस्त देखिन्छन् । कतिपय स्थानमा आफुहरु जनता संग जवाफदेहि र पारदर्शिताका लागी पार्टीकै आयोजनामा सार्वजनिक सुनुवाई लगाएतको कार्यक्रमहरुको समेत तयारी भैरहेको अभियानमा खटिएका एक नेताले बताए ।
पहिरोमा बाटो बनाउँदै खनियाबासका माओवादीहरु
खेतबारीमा काम सघाउँदै सिद्धलेकका माओवादीहरु
शहिद परिवारका सदस्यलाई भेटघाट गर्दै बेनिघाटका माओवादीहरु
खानेपानी मुहानसरसफाई गर्दै नीलकण्ठ -७ का माओवादीहरु
अभियानको तयारी बैठक बस्दै त्रिपुरासुन्दरीका माओवादीहरु
अभियानको तयारी बैठक बस्दै गंगाजमुनाका माओवादीहरु
अभियानमा जादैँ नीलकण्ठ १ मा माओवादीहरु
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |