धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२९ साउन ।
धादिङमा डेंगु संक्रमित हुनेको संख्या दिनहुँ बढ्दै गएको छ । आज ८० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सोमबार नीलकण्ठ नगरपालिकाका ७६ जना, ज्वालामुखीका २ जना, गजुरी र सिद्धलेकका १/१ जना गरी ८० जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
धादिङमा साउन १ देखि आज २९ गतेसम्म १ हजार ५३२ जना डेंगु संक्रमित भइसकेका छन् । जसमध्ये ७८७ जना पुरुष र ७४५ जना महिला रहेका छन् । कुल संक्रमित मध्ये नीलकण्ठ नगरपालिकामा १ हजार ३३७ जना डेंगु संक्रमित भएका छन् ।
त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ४९, बेनीघाट रोराङ ३२, सिद्धलेकमा २७, त्रिपुरासुन्दरीमा २४, गंगाजमुनामा १६, खनियाबासमा १३, रुवीभ्यालीमा ११, नेत्रावती डबजोङमा ८, गल्छी, गजुरीमा ५ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।
एडिस जातको लामखुट्टेको टोकाइबाट हुने यो रोगको संक्रमणका कारण बिरामीमा अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, कमजोरी हुने लगायतका लक्षण देखिने गरेका छन्। बिरामी बढेसँगै अस्पतालमा चाप बढेको छ।
डेंगु रोगबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |