Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

लेकको नोर्साङ

१६९७ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २१, मंगलबार (३ साल अघि)
लेकको नोर्साङ

कृष्णराज अधिकारी

एक दिन मेरो अफिसमा नोर्साङ तामाङसँग भेट हुने अवसर प्राप्त भयो । गोरो अनुहार चस्मा लगाएका हेर्दा चाइनिज जस्ता देखिने उनी बोली व्यवहारमा पनि अत्यन्तै फरासिला रहेछन् । धादिङको अत्यन्तै विकट र दुर्गम क्षेत्र भनेर चिनिने तिप्लीङ गाउँमा जन्मेर हाल कसरी स्नाकोत्तरसम्म उत्तीर्ण गर्नसके होलान् भन्ने मेरो जिज्ञासा रह्रयो । कफिसँगै नोर्साङसँग भएको हल्का कुराकानीहरु लेख मार्फत पस्कने कोसिस गरेको छु ।

२०४२ साल मंसिर १ गते बाबु साल्गेन लामा र आमा सनकी रानी घलेको कोखबाट जन्मिएका नोर्साङका तीन दाजुभाई र दुई दिदी बहिनी रहेछन् । सानो उमेरमा बाबुआमा सँगै लेकको भेडीगोठ र हिउँसँग लाप्पा खेल्दै हुर्किएका उनको शिक्षा भने कक्षा ५ सम्म गाउँकै दोङदेन प्रावि तिप्लिङबाट सुरुवात भयो । तामाङ परिवारमा लामा हरु शिक्षा दिक्षाामा अलि अगाडि बढेको देखिन्छ । त्यसैले नोर्साङले पनि एसएलसी सम्म मुक्राप मावि सेर्तुङमा पढी २०६० सालमा नियमित तर्फबाट उत्तीर्ण गर्न सफल भए ।

त्यस बेलाको सेर्तुङ तिप्लिङ भनेको धादिङ जिल्लाको निकै विकट क्षेत्र थियो । सदरमुकामबाट झण्डै ३,४ दिनको कठीन पैदल यात्राबाट मात्र त्यस स्थानमा पुग्न सकिन्थ्यो । अहिलेको जस्तो बाटोको पहुँच थिएन । अधिकांश गाउँहरु तामाङको बाहुल्यता रहेको र स्वास्थ्य शिक्षामा पनि कमजोर रहेका त्यस क्षेत्रका बासिन्दाहरुको धर्म भने बौद्ध नै प्रमुख थियो । तर इसाइहरु पनि त्यस्तै दुर्गम र अशिक्षित क्षेत्रको पहिचान गरी स्वास्थ्य शिक्षा र विकासको दुहाई दिदै भित्रभित्रै क्रिश्चियन धर्म प्रचार गर्न तल्लिन भए । जसको प्रभाव उत्तरी क्षेत्रमा प्रकट रुपमा देखिदै गएको छ ।

तिनै इसाई मध्येका एक जना म्याकबल भन्ने फादरले नोर्साङको तिक्ष्ण दिमागलाई निहाली रहेका रहेछन् । सबै आफ्नै खर्चमा हुनेगरी उनलाई अस्कल क्याम्पसमा विज्ञान विषय पढ्ने व्यवस्था गरी काठमाडौंमा कोठा खोजी राख्दिएछन् । सोही क्याम्पसमा आइ यस सी पढी रहने क्रममा फादरको नेपाल बस्ने भीसा सकिएछ । त्यसैले अब नोर्साङलाई सहयोग गर्न नसक्ने भएछन् । नोर्साङको पनि घरको आर्थिक अवस्था कमजोर उनले बिचमै पढाई छोड्न पर्ने बाध्यता आएछ ।
अस्कल क्याम्पस पढ्ने क्रममै उनको गलत साथीहरुसँग संगत हुन पुग्यो । उनका साथीहरु लागु पदार्थका दुव्र्यसनी भैसकेका रहेछन् । गाँजा, चरेस, अफिम जस्तो कुराहरुको सेवन गर्नु सामान्य कुरा थियो । संगतले गर्दा नोर्साङले पनि लागु पदार्थ सेवन गर्न थालेछन् । दुव्र्यसनकै लतले गर्दा कहीलेकाही उनीहरुको बास सडक पेटीमा पनि हुन्थ्यो रे ।

एक दिनको कुरा हो एउटा साथी धेरै बेरसम्म भत्किएको पाटीबाट बाहिर आएनछन् । अनि नोसाङले साथी बाहिर किन आएनन् त भनि हेर्न जाँदा साथीले त भित्तामा बेस्सरी टाउको ठोकाउँदै रुदै गरेको देखेछन् । बुझ्दै जाँदा साथीलाई औषधीको डोज कम भएको रहेछ । त्यसपछि नोर्साङलाई लाग्यो अब मलाई पनि यस्तै हुन्छ । यदी मैले यि साथीहरुको संगत छोडिन भने अकालमै मृत्यु हुने छ । अनि उनी ती साथीहरुलाई छोडी भागेछन् । अन्य भने उनको दुखका दिन झन् धेरै आएछ । कैयौ दिन उनी घरको काम मा इट्टा बोक्ने गिट्टी बोक्ने, बालुवा बोक्ने काम गर्न थालेछन् । दिनभर कुल्ली काम गर्ने बेलुका अरु ज्यामीहरुसँगै सडक पेटीमै बाँस बस्ने उनको दिनाचार्य बन्न थाल्यो ।

यस्तैमा एक दिन उनका आफन्त र शुभ चिन्तकहरुले ग्रामीण आदर्श मावि मा १२ कक्षा पढ्न सल्लाह दिँदै भर्ना गरी दिएछन् । यहीबाट नोसाङको जीवनमा शिक्षाको उज्यालोले छाउन थाल्यो । उक्त विद्यालयबाट १२ कक्षा उत्तीर्ण गर्दै महेन्द्र रत्न क्याम्पसमा अँग्रेजी विषय लिदै स्नातक र स्नाकोत्तर तहसम्म उत्तीर्ण हुन सफल भए ।

नोर्साङलाइ धेरै पटक विदेश जान अफर नआएको पनि होइन । लेकाली केटा, बोलीचाली राम्रो, अँग्रेजी राम्रोसँग बोल्न सक्ने, हेर्दा लोभलाग्दो त्यसैले
केही विदेशीहरुले त उनलाई धर्मपुत्र पनि बनाउन चाहेका रहेछन् । जर्मनी देखि अमेरीका सम्म जाने अवसर पनि नमिलेको होइन । तर नोर्साङलाई आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने लागेछ। आफ्नो आँगन अगाडीको पाविल हिमाल, गणेश हिमाल, गुम्बाहरु भ्mराहरु बन पाखा र भेडिगोठको सम्झनाले सताई रहयो । मैले गाउँमै गएर केही गर्नु पर्छ भन्ने लागि रहयो । त्यसैले उनी गाउँकै दोङदेन मा।वि। मा शिक्षक बनि आफ्नो भाई बैनीहरुलाई पढाउन थाले । हाल उनी सोही विद्यालयका प्रधानाध्यापक र स्थायी शिक्षक समेत छन् ।

 

गाउँमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई स्वागत गर्नु, रुविभ्यालीको वारेमा टाढा टाढा सम्म डकुमेन्टरी मार्फत प्रचार प्रसार गर्नु उनको दिनचार्या बनेको छ । दिनभर स्कुलमै आफ्ना विद्यार्थीहरुसँग रमाउँदै विदाको दिनमा समाज सेवा गर्नु नोर्साङको दैनिकी नै बनिसकेको छ ।

जीवनको बारेमा तपाई को कस्तो सन्तुष्टी छ त भन्दा उनी भन्छन् ू खै सर गाउँमा बसेर सेवा त गरियो तर आफ्नो खासै आर्थिक उन्नती हुन सकेको छैन् । आफु सरहका मानिसहरु युरोप अमेरीका सेटल भैसके । धेरै साथीले काठमाडौंमा घर बनाएका छन् । आफुलाई भने महिनामा दुई पटक सदरमुकाम जाँदा एक महिनाको तलब सकिन्छ । के खानु रु के लाउनु रुव्यवहार चलाउन पनि गाह्रो छ । मन अमिलो हुन थालेको छ सर । उनको यस भनाईले मलाई पनि कता कता नरमाइलो लाग्यो ।

देशमा राजनितिक परिवर्तन त आयो तर जनताहरुको जीवन स्तरमा केही परिवर्तन आएको छैन् । उही रोग, भोक,अशिक्षा र अभाव । अनि नोर्साङले मात्रै किन गाउँ कुरेर बास्नु । शरीरमा जोश जाँगर र हातमा सीप छदैँ युवा अवस्थामा विदेश पस्न सके उनले पनि त आफुमा परिवर्तन ल्याउन सक्थेहोलान् रु खोक्रो राष्ट्रियताको आदर्शले सुख सम्बृद्धि दिने हैन क्यार । के भन्नु र खै रुअ।खिर सबै युवाहरूको नियति यस्तै त छ !!

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%४%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0