Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

शाकाहारीको दशैं : सागसब्जी ताजा पाउन गाह्रो, बजार महँगाे

नीलकण्ठ एफ.एम ७५९ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १८, मंगलबार (३ साल अघि)
शाकाहारीको दशैं : सागसब्जी ताजा पाउन गाह्रो, बजार महँगाे

 बडादशैं भन्ने बित्तिकै खानेकुरामा मासु नै विशेष मान्ने गरिन्छ। तर, मासु नखाने शाकाहारीले कसरी दसैँ मनाउँछन् भन्ने आम मानिसको चासोको विषय हुने गरेको छ।

नेपालीको महान् पर्व बडादसैँमा मांसाहारीले मासु खाएजस्तै शाकाहारीले पनि अन्य मीठा परिकार खाने गर्छन्। पनिर, च्याउका विभिन्न प्रजाति, फलफूल, गुँदपाकजस्ता परिकार खाएर शाकाहारीले दसैँ मनाउँछन्। बजारमा भने शाकाहारीका लागि यी सामग्री पाउन नै मुस्किल हुने र पाए पनि ताजा नपाउने गरेको उपभोक्ताको गुनासो छ।

बागबजारस्थित तरकारी बजारमा शाकाहारी दशैंको सामान लिन आउनुभएकी डिल्लीबजारकी रमा सत्याल दशैंका समयमा च्याउ, काउलीजस्ता तरकारी ताजा नपाउने गरेको अनुभव सुनाउनुहुन्छ। खसीबजारसँगैको यो तरकारी बजारमा दुई चार दिनअघि नै ल्याएका तरकारी पाइएको उहाँले सुनाउनुभयो। बजारमा काउली कालो कालोमात्र भेटिएको छ।

विगत १० वर्षदेखि यहाँ तरकारी व्यवसाय गरी आउनुभएका काभ्रेका मङ्गलबहादुर तामाङ अन्य समयको तुलनामा दशैंमा तरकारी किन्न कम मानिस आउने भएकाले पनि ताजा तरकारी ल्याउन नसकिएको स्वीकार गर्नुहुन्छ। यो समयमा कालिमाटी, बल्खुजस्ता थोक तरकारी बिक्रीस्थलमै ताजा तरकारी नपाइने गरेको पनि उहाँले बताउनुभयो।

दशैंमा सबैले मासु खान्छन् तरकारी किन्न आउँदैनन् भनेर ताजा तरकारी नआएको हुनसक्ने असनको तरकारी बजारमा भेटिनुभएका दुर्गादत्त पन्तले बताउनुभयो। मांसाहारीका सङ्ख्या धेरै भए पनि शाकाहारीले तरकारी पनि माग गर्छन् भन्नेमा ध्यान जान नसकेको उहाँले अनुभव सुनाउनुभयो।

बाहिरबाट तरकारी बिक्री गर्नेहरु पनि दसैँ मान्न व्यस्त हुने भएकाले समेत यो बेला ताजा तरकारी नपाइएको उपभोक्ता बताउँछन्। तरकारी व्यवसायी यो बेला कमैले मात्र पसल खोलेका हुन्छन्। धेरै जना भने दसैँ मनाउनमै व्यस्त हुने गरेका छन्। बजारमा खसी, बोकाको अनुगमन भए पनि यो बेला तरकारी बजारको भने अनुगमन नगरिँदा पनि तरकारीको भाउ बढ्ने गरेको छ।

मासुको भाउ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकेको छ। जिउँदो खसीको मूल्य प्रतिकिलो रु सात सय ३० तोकेकाले त्यही हाराहारीमा बजारमा बिक्री भएको छ। तर तरकारीको भने कालिमाटी बजारले पनि दसैँमा बजारलाई आफूखुसी छोडेको हो कि भन्ने उपभोक्ताको गुनासो छ।

बजारमा पनिरको भाउ पनि विगतका दसैँमा भन्दा बढेको उपभोक्ताको भनाइ छ। गत वर्ष दसैँमा रु  सात सय ५० कममै प्रतिकिलोग्राम पनिर पाएका उपभोक्ताले यस वर्ष भने गत वर्ष भन्दा रु एक सय ५० सम्म बढी तिरेको सुनाए। यो वर्ष बजारमा पनिरको भाउ रु आठ सय ५० देखि नौ सयसम्म छ। च्याउको प्रजातिको मूल्य पनि बढेको छ।

मिठाइको भाउ पनि विगत वर्षको भन्दा बढेको छ। बजारमा ताजा मिठाइ पनि दसैँमा पाउन नसकिएको चावहिलका स्थानीयवासी राजेन्द्र नेपाल बताउनुहुन्छ। दसैँमा शाकाहारीले बजारबाट मिठाइ किनेर ल्याउँदा ताजा पाउन नसकिएको उहाँले सुनाउनुभयो। बजार व्यवस्थापन एवं अनुगमनमा स्थानीय सरकारको ध्यान नजाँदा उपभोक्ता यस्तो मर्का सहन बाध्य हुनुपरेको हो। रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

  • धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

    धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • समाचार
    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

    धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0