Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

बडादसैँमा पनि रोकिएन वाग्मती सफाइ महाअभियान

नीलकण्ठ एफ.एम २४४७ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १५, शनिबार (३ साल अघि)
बडादसैँमा पनि रोकिएन वाग्मती सफाइ महाअभियान

काठमाडौँ,१५ असोज ।
नवरात्रका अवसरमा धेरै मानिस थातथलोमा फर्केर रमाइरहँदा पनि वाग्मती सफाइ अभियानकर्मी भने बिहानैदेखि नदी सफाइमै भटिए ।‘राष्ट्रको लागि हप्ताको दुई घन्टा स्वयम्सेवा’ भन्ने नाराका साथ २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान आजदेखि ४९० औँ हप्तामा प्रवेश गरेको हो । यस अवसरमा बुद्धनगरको वाग्मती पुलमा जम्मा भएका अभियानकर्मीले त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन नकुहिने फोहरलाई व्यवस्थापन गरेकोे अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

महाअभियानमा वाग्मती किनार सडकको दुवैतर्फ घरदैलो कार्यक्रमसमेत आयोजना गरिएको थियो । सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख सफाइ अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नवनियुक्त आयोजना प्रमुख सुभाष बस्नेत, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तन्डुकार, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, वाग्मती फोहर उन्मूलन उपभोक्ता समितिका पदाधिकारी, काठमाडौँ महानगरपालिका वातावरण विभागका पदाधिकारी, स्थानीयवासी एव वाग्मती अभियानकर्मीको सहभागिता थियो ।

सफाइका क्रममा वाग्मती अभियानकर्मी चक्रबहादुर चन्दको जन्मदिनका अवसरमा नदी किनारमा वृक्षरोपण पनि गरिएको थियो । महाअभियानले अर्को शनिबार बुद्धनगर पुलभन्दा पश्चिम झोलुङ्गे पुलअघि संयुक्त राष्ट्रसङ्घीय उद्यानसँगैको भागमा सफाइ गर्ने भएको छ । अर्को शनिबार पनि बडादसैँ नै भए पनि सफाइ अभियान जारी रहने जनाइएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकाको वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु गरिएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर एक सय नौभन्दा बढी स्थानमा सफाइ भइरहेकोे छ । सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ ।यसैगरी शनिबार गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

  • धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

    धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • समाचार
    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

    धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0