Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

नाङ्लोमा भरिन्छ लाइसेन्सको अनलाइन फाराम

नीलकण्ठ एफ.एम २२९१ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १३, बिहिबार (३ साल अघि)
Post Thumbnail

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीले अनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि नाङ्लो पसल राख्नेले भने एकैछिनमा फाराम भरिदिन्छन् । ‘सेवा शुल्क’ मात्र हजार रुपियाँ पर्छ ।

अनलाइन आवेदन कति बजेदेखि खुल्छ भन्ने नाङ्लो पसल राख्नेलाई थाहा हुन्छ । अनि उनीहरूले भरेको फाराम अनलाइनमा स्वीकृत हुन पनि समय लाग्दैन तर सेवाग्राही आफैँले भर्न भने महिनौँ मुस्किल हुन्छ । आवेदन २४ घण्टा खुला भनिएको हुन्छ तर रातिको १२–१ बजे भर्दासमेत सेवाग्राहीले फाराम भर्न सकेका हुँदैनन् । यस्तैमा बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय एकान्तकुनाले लाइसेन्सको नयाँ आवेदन छठसम्मका लागि बन्द गरेको छ । सरुवा भएर आउने १५ जना कर्मचारी कार्यालयमा हाजिर नभएकाले र बाँकी रहेकाले काम गर्नुपर्ने भएकाले बन्द गरिएको एकान्तकुनाका कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिनुभयो ।

अनलाइन आवेदन खुला भएको समयमा भर्नेको चाप, तोकिएको कोटा पूरा भएपछि भर्न नसकिने प्रमुख कपालीको भनाइ छ । उहाँले भन्नभुयो, “फाराम भर्नेले भर्न नसक्नुको मुख्य कारण कोटा सकिएपछि हो, अर्को कुरा मोबाइलबाट भर्दा समस्या देखिएको छ, विवरण पछि सच्याउनुपर्ने केस आइरहेका छन् । त्यसैले ल्यापटप वा कम्प्युटरबाटै भर्दा राम्रो हुन्छ ।” एकान्तकुना कार्यालयले तत्कालका लागि अनलाइन आवेदन बन्द गरेपछि खुला रहेका अन्य कार्यालयमा फाराम भर्न नाङ्लो पसलहरूले सेवाग्राहीलाई सुझाव दिन्छन् । एकान्तकुनामा नाङ्लो पसल राख्नुभएकी सम्झना दिदीले भन्नुभयो, “यहाँ बन्द छ, राधेराधेमा भर्ने हो भने भोलि बिहान भरिदिन्छु । हजार रुपियाँ लाग्छ, मैले भर्ने होइन छोरीले कोठाबाटै भरिदिन्छे ।”

तोकिएको कोटा अनलाइनमा उपलब्ध छैन भने आवेदन भर्न सकिँदैन । काठमाडौँ उपत्यकाका चारवटा यातायात कार्यालयमा तोकिएको दिनभन्दा पहिल्यै कोटा सकिएपछि थप आवेदन भर्न नसकिएको हो । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले प्रदेशभित्र आवेदन सङ्ख्याको दैनिक कोटा तोक्छ । मन्त्रालयका अनुसार प्रायःजसो यातायात व्यवस्था कार्यालय चाबहिलमा दैनिक ८००, ठूलो भ-याङमा ९००, जगाती राधेराधेमा ८५० वटा कोटा तोकिएको हुन्छ तर ती कोटा समयअगावै सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले भन्नुभयो, “काठमाडौँको हकमा १५ दिनका लागि छुट्याइएको कोटा पाँच दिनमै भरिन्छ । अनिबाँकी १० दिनमा भर्नेको फाराम भरिँदैन, अहिले भएको त्यही हो, यसलाई हामी व्यवस्थापन गर्दैछौँ ।” अनलाइन आवेदन सहज बनाउन ट्रायल सेन्टर, कोटा र यातायात कार्यालयमा कर्मचारी थप गर्नुपर्ने पोख्रेलको भनाइ छ ।

यातायात व्यवस्था विभागका अनुसार दैनिक १२ हजारसम्म नयाँ आवेदनको कोटा छुट्याउँदा पनि सेवाग्राहीको चाप घटेको छैन । अन्य प्रदेशमा दैनिक कोटा पुगेको छ तर काठमाडौँ उपत्यकामा अभाव छ । विभागका अनुसार गण्डकी, लुम्बिनी र बागमतीमा चाप बढी छ ।

अनलाइन आवेदन सुरु भएदेखि हालसम्म पाँच लाख आठ हजार ८७० जनाको आवेदन रुजु गरेर सम्बन्धित कार्यालयमा पठाइएको विभागका निर्देशक श्रीचन्द्र साहले जानकारी दिनुभयो । हालसम्म नौ लाख ३५ हजार सात सय जनाले अनलाइन फाराम भर्न साइट भिजिट गरेका छन् । उहाँले भन्नुभयो, “जति कोटा छ, त्यसको ८० प्रतिशतले कार्यालय भिजिट गर्छन् । दैनिक १० देखि १२ हजारसम्म आवेदन आउँछन्, जसमा पाँच हजारले कार्यालय भिजिट गर्छन् ।”

समस्या समाधानका लागि विभागले थप पहल गरिरहेको विभागका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिनुभयो । ‘मास प्रिन्टर’ र थप नयाँ प्रिन्टकार्ड ल्याउन सकियो भने अनलाइन आवेदन भर्न नपाएका सेवाग्राहीको पनि समस्या समाधान हुने उहाँको दाबी छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

  • धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

    धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • समाचार
    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

    धादिङको मार्पाकमा विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सम्पन्न

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0