नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी
कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी
धादिङ,०७ भाद्र।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि धादिङ जिल्ला खेलकुद विकास समितिले आजदेखि जिल्लास्तरीय खेलाडी छनोट गर्ने भएको छ । गण्डकी प्रदेशको पोखरामा हुने प्रतियोगिताको लागि आजदेखि खेलाडी छनोट गरिने धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले जानकारी दिनुभयो ।
तामाङका अनुसार आज भदौ ७ गते कबड्डी, फुल कन्ट्याक्ट कराते र ब्याडमिन्टन, भदौ ८ गते टेवलटेनिस र भदौ ९ गते बुद्धिचाल र आई टि एफ तेक्वान्दो खेल सञ्चालन गरिनेछ । सबै खेल धादिङबेशी स्थित जिल्ला खेलकुद विकास समितिको कर्बडहलमा सञ्चालन गरिने तामाङले बताउनुभयो । जि.खे.वि.स.ले खेल सञ्चालन हुने कार्यतालिका र प्रत्येक खेलका लागि सम्पर्क व्यत्ति सार्वजनिक गरिएको छ ।
करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका मिलेको हो । राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ ।

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।