Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

कोरोना महामारीमा बढेको आत्महत्या दर धादिङमा घट्यो : आत्महत्याको बढी प्रयास गर्ने महिला तर मर्ने पुरुष

१५२६ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २८, शनिबार (३ साल अघि)
कोरोना महामारीमा बढेको आत्महत्या दर धादिङमा घट्यो : आत्महत्याको बढी प्रयास गर्ने महिला तर मर्ने पुरुष

धादिङ,२८ साउन।
अनिल नेपाली
धादिङमा आर्थिक बर्ष ०७७/०७८ मा भन्दा आर्थिक बर्ष ०७८/०७९ मा आत्महत्या गर्नेको संख्या घटेको छ । आर्थिक बर्ष ०७७/०७८ मा जिल्लामा १४२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । तर आर्थिक बर्ष ०७८/०७९ मात्यो संख्या घटेको ९७ मा झरेको छ । कोरोना समयमा बढेको आत्महत्या दर अहिले विस्तारै घट्दै गएको छ ।

कोभिडको समयमा महिनामा धादिङ जिल्लामा औषतमा १२ जनाले आत्महत्या गरेको देखिन्छ । आत्महत्याको प्रयास गर्नेमा महिला बढी भएपनि मर्नेमा भने बढी पुरुषको तथ्यांक रहेको छ ।

धादिङमा गत आर्थिक वर्ष २०७८/०७९ मामात्रै ९७ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार गतवर्ष ५४ जनापुरुष र ४३ जनामहिला गरी ९७ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी झुण्डिएर ७५ जनाले आत्महत्या गरेका छन् । यस्तै विष सेवन गरेर १९, हामफालेर २ जना र हातहतियार औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् ।

धादिङको १३ स्थानिय तह मध्ये गतबर्ष सबैभन्दा बढि नीलकण्ठ नगरपालिकाका १७, बेनिघाट रोराङका १५, थाक्रेका १४, धुनीबेशीका १३, गल्छीका १२, त्रिपुरासन्दरी ८, ज्वालामुखी ७, सिद्धलेक ३, गंगाजमुना २, गजुरी र नेत्रावती डवजोङका १/१ जनााले आत्महत्या गरेकाधादिङ प्रहरीले जनाएको छ ।

विगत तिन वर्षको तथ्याङ्क हेर्दा

विगत तिनवर्षमा जिल्लामा आत्महत्या गर्नेको संख्या ३ सय ३५ रहेको छ।आर्थिक वर्ष ०७६/०७७मा ९६, आर्थिक वर्ष ०७७/०७८ मा १४२ जनाले आत्महत्या गरे । प्रहरीको तथ्याङ्कअनुसार गत तिन वर्षमा झुण्डिएर दुई सय ५५, विष सेवन गरेर ७४, हाम फालेर ४ र घाँटी रेटेर २ जना गरी ३३५ जनाले आत्महत्या गरेका छन् । जसमा महिला १३७ र पुरुष १९८ रहेका छन् । आर्थिक बर्ष ०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष ०७८/०७९ मा आत्महत्या गर्नेको संख्यामा केही कमी आएको देखिन्छ ।

०७६/०७७ मा झुण्डिएर ७१, विष सेवन गरेर २३, हाम फालेर १ र घाँटी रेटेर १ जनाले आत्महत्या गरेका छन् । यस्तै आर्थिक वर्ष ०७७/०७८ मा झुण्डिएर १०९, विष सेवन गरेर ३२, हामफालेर १ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । आत्महत्या गर्नेहरुमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

कुन उमेर समुहका बढि ?

प्रहरीको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा सबैभन्दा बढि २५ देखी ४५ बर्ष उमेर समुहका रहेका छन् । बितेको ३ बर्षको तथ्याङ्कलाई १८ बर्षभन्दामूनिका २२ जना, १८ देखी २४ बर्ष सम्मका ६६ जना, २५ देखी ४५ बर्ष सम्मका १४८ जना र ४५ बर्षभन्दा माथिका ९९ जनाले आत्महत्या गरेका छन् ।

यसमध्ये गत आर्थिक बर्ष भने सबैभन्दा बढि ४५ बर्षभन्दा माथिका ४० जनाले आत्महत्या गरेका छन् । ३ बर्षमा ब्राम्हण समुदायका ४९, क्षेत्री ४५, बैश्य १६५ र शुद्र समुदायका ७३ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नुको कारण

जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार आत्महत्या गर्नुको प्रमुख कारण पारिवारिक कलह, डिप्रेशन, मानसिक तनाव र प्रेममा धोका पाउनु रहेको छ । गत आर्थिक बर्ष २०७८/७९ मा पारिवारिक कलहका कारण ३, डिप्रेशनबाट ३, मानसिक तनावका कारण ५६ र प्रेममा धोकाका कारण ६ जनाले आत्महत्या गरे ।

बिगतको ३ बर्षको तथ्याङ्कलाई हेर्दा पारिवारिक कलहका कारण १५, डिप्रेशनबाट ६१, मानसिक तनावका कारण १४३ र प्रेममाधोकाका कारण १६ जनाले आत्महत्या गरको देखिन्छ। यीमध्ये पेशाका आधारमा ज्यामी मजदुरी गर्ने ९५ जना, बेरोजगारी ४, बिद्यार्थी २६ जना, कर्मचारी ५, कृषी १८४ र गृहिणी २१ जनाले आत्महत्या गरेको जिल्लाप्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

किन गर्छन मानिसले आत्महत्या ?

प्रियजन गुमाउदा, जागीर गुम्दा, दिर्घ रोग लाग्दा, व्यापार विग्रदा, जीवनमा अकल्पनीय परिवर्तन हुदा, आघात यातनावा हिंसा र सामाजिक बहिस्कृतको कारणले मानिसहरु आत्महत्या गर्ने समेतको निर्णय लिने गरेका सुरक्षितआ प्रवासन सामी परियोजनाका मनोविमर्शकर्ता रामकुमार थापाको भनाई छ ।

पछिल्लो समय बैदेशिक रोजगारको कारण पनि आत्महत्या बढ्नुको कारण बनिरहेको थापाले बताउनुभयो । आत्महत्या गर्ने धेरै जनाले भावनात्मक पिडा सहन नसकेर मृत्युवरण गर्ने निर्णय गरेको भन्दै उहाँले आत्महत्यागर्ने जोखिम भएकाहरुलाई तत्काल उपचारमा लानुपर्ने थापाको भनाई छ ।

आत्महत्या गर्न चाहने व्यक्तिले बाँच्नुमा भन्दा मर्नुमा फाईदा देखेको कारणले आत्महत्या गर्ने निर्णय गर्ने गरेको भन्दै उहाँले त्यस्ता व्यक्तिलाई मायाँ, हौसला, सहयोग गर्नुपर्ने बताउनुभयो ।

कसरी पहिचाहन गर्ने?

आत्महत्या गर्ने नब्बे प्रतिशतभन्दा बढीले योजना बनाएर आत्महत्या गर्ने गरेको तथ्याङकले देखाएको छ । बाँकि १० प्रतिशतले मात्र एकछिन रिस खप्न नसकेर वा आवेगमा आएर मर्ने गरेका छन् । मर्ने मानिसले आफ्नो परिवार तथा साथिभाईहरुलाई कुनै न कुनै माध्यमबाट अभिव्यक्त गरेका हुन्छन् ।

साथै व्यावहारीक समस्या समेत देखीने गर्छ । जस्तै एक्लै बस्ने,दिक्क मान्ने, विरक्त मान्ने, रमाईलोमा नजाने, कोठाभित्र बसीरहने, मर्ने कुरा गर्ने वात्यस्तै विचारहरु सामाजिक सञ्जालमा पोष्ट गर्ने, जिन्दगीनै के रहेछ र भन्ने, आफुसँग भएको बहुमुल्य बस्तुहरु अरुलाई दिनथाल्यो, कुनै पनि कुरामा प्रतिक्रिया नदिने, आफ्नो सरसफाइमा वास्ता नगर्ने, कुनै कुरामा पनि रुचि नदेखाउने जस्ता नैराश्यता झल्काउने लक्षणहरु उनीहरुमा देखिने गर्दछन् । मेरो कोही छैन, म के को लागिबाच्ने भन्ने शव्दहरु व्यक्तगर्ने गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0