Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ २१, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

निर्वाचनको दृष्टिले अनुकुल महिना कुन-कुन हुन् ?

नीलकण्ठ एफ.एम ११६५ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १९, बिहिबार (३ साल अघि)
निर्वाचनको दृष्टिले अनुकुल महिना कुन-कुन हुन् ?

काठमाडौँ,१९ साउन ।

सरकारले आज आगामी मंसिर ४ गत एकसाथ प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन गर्ने घोषणा गरेको छ । नेपालको निर्वाचन इतिहासमा मंसिर महिनामा हुन लागेको यो तेस्रो प्रजातान्त्रिक निर्वाचन हो ।

नेपालमा हालसम्म जति पनि प्रजातन्त्रिक निर्वाचन भएका छन् अधिकांश वैशाख, जेठ र मंसिर महिनामा भएको पाइन्छ । अर्थात यी तीन महिना निर्वाचनको दृष्टिले अनुकुल महिना हुन् ।

मौसम अनुकुल हुनेहुँदा निर्वाचनको लागि वैशाख, जेठ र मंसिर महिना रोजिँदै आइएको छ । यति बेला पानी पर्ने सम्भावना कम, दिन धेरै छोटाे नहुने र हिमाली क्षेत्रमा चिसो बढीनसक्ने हुँदा निर्वाचनको लागि उपयुत्त मानिँदै आइएको छ ।

नेपालमा २००७ सालयता हालसम्म १२ वटा प्रजातान्त्रिक निर्वाचन भएका छन् । अधिकांश निर्वाचनहरु वैशाख, जेठ र मंसिर महिनामा सम्पन्न भएका छन् ।  नेपालमा पहिलो आम निर्वाचन २०१५ फागुन ७ गते भएको थियो । त्यसपछि २०३७ सालमा राष्ट्रिय जनमत संग्रह भएको थियो । जनमतसंग्रह वैशाख २० गते भएको थियो ।

२०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि २०४८ सालमा प्रतिनिधि सभाको निर्वाचन भएको थियो । उक्त वर्ष वैशाख २९ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो । त्यसपछि २०४९ सालमा देशमा स्थानीय निर्वाचन सम्पन्न भएको थियो । सो वर्षको जेठ १५ र १८ गते दुई चरणमा स्थानीय निर्वाचन गरिएको थियो ।

२०५१ सालमा मध्यावधि निर्वाचन भएको थियो । उक्त वर्ष कात्तिक २९ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको थियो । यसपछि २०५४ जेठ ४ र १३ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गरिएको थियो ।

निर्वाचन आयोगका अनुसार २०५६ वैशाख २० र जेठ ३ गते दुई चरणमा प्रतिनिधि सभा सदस्य निर्वाचन गरिएको थियो । यस्तै, २०६४ चैत २८ गते संविधान सभा निर्वाचन भएको थियो ।

पहिलो संविधान सभाले नयाँ संविधान जारी गर्न नसकेपछि २०७० मंसिर ४ गते दोस्रो संविधान सभा निर्वाचन गरिएको थियो । संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि २०७४ वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरिएको थियो ।

२०७४ सालको मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन एकसाथ गरिएको थियो । त्यसपछि २०७९ वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय निर्वाचन सम्पन्न भएको थियो ।

सरकारले आज आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने मिति घोषणा गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

  • जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

  • समाचार
    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0