Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ २२, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

बर्सेनि घट्दै सुनौलो तोप चरा

नीलकण्ठ एफ.एम ३०२५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २२, बुधबार (४ साल अघि)
बर्सेनि घट्दै सुनौलो तोप चरा

कञ्चनपुर । विश्वमै दुलर्भ मानिएको सुनौलो तोप चराको सङ्ख्या बर्सेनि घट्दै जान थालेको छ ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएको दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चरा बास स्थान नासिँदै जान थालेपछि यसको सङ्ख्या घट्दै जान थालेको हो ।

नेपाल पक्षी संरक्षण सङ्घ(विसिएन)ले हालै गरेको सर्भेक्षणमा सुनौलो तोप चराको सङ्ख्या घटेको पाएको छ । सङ्घको अगुवाइमा बर्सेनि चरा सर्भेक्षणको कार्य हुँदै आएको छ । सङ्घका चरा विज्ञ हिरुलाल डङ्गौराका अनुसार सर्भेक्षणका क्रममा यस वर्ष निकुञ्जमा २४४  तोप चरा फेला परेका छन् ।

सबैभन्दा बढी लालपानी क्षेत्रमा तोप चराले गुँड लगाएका छन् । बन्दाताल, मोहनपुर फाँटामा समेत यी चरा देखा परेका छन् । सन् २०२१ मा २४८, सन् २०२० मा २५३, सन् २०१९ मा १७६ र सन् २०१८ मा २५४ वटा तोप चरा फेला परेका थिए । सन् २०१४ देखि निरन्तररुपमा सुनौलो तोप चराको सर्भेक्षणको कार्य हुँदै आएको छ ।

यसैगरी निकुञ्जमा सन् २०१४ मा ६०, सन् २०१५ मा २०० र सन् २०१६ मा २५० सुनौलो तोप चरा देखा परेका थिए । “पहिला निकुञ्जको बाह्य क्षेत्रमा धेरै घाँसे मैदान रहेकामा हाल मानव अतिक्रमणका कारण घाँसे मैदान अतिक्रमणमा परेका छन्”, उनले भने, “घाँसे मैदानमा रहेका रुख र घाँसमा तोप चराले गुँड लगाउथे । ती सबै नासिए । हाल निकुञ्जको संरक्षित क्षेत्रभित्रको घाँसे मैदान मात्रै बाँकी रहेको छ ।

सुनौलो तोप चराले आहाराका लागि निकुञ्ज नजिकका किसानका खेतसम्म पुग्ने गर्दछन् । “कृषिमा अन्धाधुन्धरुपमा विषादीको प्रयोग हुन थालेपछि चराले खेतमा विषादी प्रयोग गरिएको अन्नलगायत खाँदा मर्ने गरेका छन् ।” उनले भने । अर्को सुनौलो तोप चरा विनाशका कारणमा अन्य सिकारी चराले प्रजननका बेला गुँडमा रहेका बच्चा र अण्डा खाइदिने गरेको उनको भनाइ छ ।

सुनौलो तोप चरा झट्ट हेर्दा भगेरा जस्तै तर पहेलो रङको हुने भएकाले यसलाई सुनौलो तोप चरा भनिएको हो । रुखका हाँगामा पात सिएर यस चराले गुँड बनाउने गर्दछ । तोप चराका सुनौलो, बाया, छातिकाले र धर्केगरी चार वटा प्रजाति पाइने गरेका छन् । जसमध्ये सुनौलो तोप चरा दुलर्भ प्रजातिका रुपमा छ ।

सुनौलो तोप चरा अन्यभन्दा पृथक किसिमको रहेको छ । सन् १९९६ मा चरा विद् हेमराज बरालले शुक्लाफाँटामा सुनौलो तोप चरा पत्ता लगाउनुभएको थियो । सुनौलो तोप चरा पत्ता लागेपछि निरन्तररुपमा निकुञ्ज कार्यालयले यसको नियमित रेकर्ड राख्दै आएको छ । सन् २००७ मा कोसी टप्पुमा सुनौलो तोप चरा देखिए पनि त्यसपछि यो चरा देखिएको छैन ।

सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै रहेकाले यसको संरक्षणमा चासो दिइएको छ निकुञ्जका सूचना अधिकारी रोशनसिंह ठगुन्नाले भने, “किरालगायत खान मन पराउने भएकाले यो चरा किसानका लागि पनि लाभदायक छ ।”

खेतबारीमा हालिने विषादी र अनावश्यकरुपमा मार्ने कार्यले यसको संरक्षणमा अवरोध भएको छ । निकुञ्जको घाँसे मैदान क्षेत्र नजिकका ताल र सीमसार क्षेत्र नजिकका काँडेदार रुखमा सामूहिकरुपमा सुनौलो तोप चराले गुँड बनाउने गर्दछन् ।

उनका अनुसार सुनौलो तोप चरा सिकारी ताल, सिंहपुरफाँटा, मोहनपुर, अण्डैया, पट्टैयाफाँटा र लालपानी फाँटा, दरख घाँसे मैदानमा पाइने गरेको छ ।

तोप चरालाई सामाजिक चराका रुपमा समेत लिइने गरिन्छ । सामूहिकरुपमा गुँड लगाउने र समूहमै रहन मनपराउने हुनाले यसलाई सामाजिक चराका रुपमा समेत लिइने गरिन्छ । आहाराको खोजीका लागि पनि यो चरा समूहमै उड्ने गर्दछ । अलगअलग प्रजातिका तोप चराले अलग्गै किसिमका आकर्षक गुँड बनाउने गर्दछन् ।

एउटै रुखमा सुनौलो तोप चराले सामूहिकरुपमा २० देखि १०० बढी गुँड लगाउने गरेको पाइएको छ । मनसुनका समयमा तोप चराले प्रजनन गर्दछन् । प्रजननको समयमै तोप चराको भालेले घाँसलाई बुनेर आकर्षक गुँड बनाउने गर्दछ । मे महिनादेखि सेप्टेम्बर महिनामा सुनौलो तोप चराले गुँड बनाउने, अण्डा पार्ने र बच्चा हुर्काउने गर्दछन् ।

एक अध्ययनअनुसार तोप चराले २० दिनदेखि २८ दिनमा गुँड तयार गर्दछन् । बाह्य आक्रमणबाट अण्डा र बच्चालाई जोगाउनका लागि गुँड विशेष प्रकारले बनाइएको हुन्छ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा निकुञ्जमा भने ४२३ प्रजातिका चरा पाइने गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

    धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

  • नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

  • समाचार
    धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

    धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0