नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी
कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी
धादिङ,११ असार।
धादिङमा रग्बी संघ धादिङ गठन गरिएको छ ।
शनिबार संघको पहिलो बैठकबाट राजु लामाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो । कार्यसमितिको उपाध्यक्षद्वय नवराज त्रिपाठी र राजेश मल्ल, सचिवमा पुजा थापा, कोषाध्यक्षमा रोहित थापा चयन भएका छन् ।
यस्तै सदस्यहरुमा जुनु घलान लामा, सन्तबीर तामाङ, दिपक तामाङ र दिपेश श्रेष्ठ चयन भएका छन् । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल रग्बी संघका सचिव गोविन्द घिमिरे र रग्बी संघ महिला विभिाग प्रमुख एवम् महिला टिम क्याप्टेन एलिसा थापाको बिशेष आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गदैँ जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष तामाङले धादिङमा खेलकुदको विकासले छलाङ मार्दै गरेको भन्दै भौतिक पूर्वाधार देखि खेलाडी उत्पादन सम्म जिल्ला खेलकुदले विशेष प्लान बनाएर लागेको बताउनुभयो । कार्यक्रमका विशेष अतिथिद्वय घिमिरे र थापाले अब हरेक स्थानीय तह सम्म नै रग्बी संघ गठन गरिने र नियमित रुपमा प्रतियोगिता गरिने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषदमा ३७ औँ नम्बरमा दर्ता भएको रग्बी संघ, एसिया रग्बीमा पूर्ण सदस्यता प्राप्त गर्ने १८ औँ राष्ट्र नेपाल रहेको र यसको लोकप्रियता बढ्दै गएको कार्यक्रममा आयोजकले बताएका थिए ।



स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।