कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेसको १५औँ महाधिवेशनमा पेशागत विषय विज्ञतर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा डा. प्रताप छत्कुलीको उम्मेदवारी
धादिङ,२८ बैशाख ।
धादिङको सिद्धलेक र त्रिपुरासुन्दरी गाउँपालिकामा एमाले कार्यकर्तामाथि आक्रमण हुँदा चारजना गम्भीर घाइते भएका छन्।
आक्रमणमा परी त्रिपुरासुन्दरीका २५ वर्षीय हरि श्रेष्ठ, २६ वर्षीय रामशरण श्रेष्ठ र ३५ वर्षीय लेकबहादुर विक गम्भीर घाइते भएका हुन्। स्थानीय सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि उनीहरूलाई काठमाडौंस्थित मनमोहन अस्पताल लगिएकोे छ।
आक्रमणमा १० जना भन्दाबढी सामान्य घाइते भएका एमाले त्रिपुरासुन्दरीका अध्यक्ष हरि पन्तले जानकारी दिनुभयो। मंगलबार साँझ त्रिपुरासुन्दरी गाउँपालिका १ स्थित डाँडागाउँमा एमालेको घरदैलो अभियानका क्रममा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका साधुराम भनिने भीमप्रसाद भट्टले खुँडा प्रहार गरेको पन्तको आरोप छ।
जिल्ला अदालत धादिङले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरी फरार भएका त्रिपुरासुन्दरी गाउँपालिका–१ का दिपक उप्रेती र श्रीकृष्ण खड्कासमेत आक्रमणमा सहभागी भएको अध्यक्ष पन्तले बताउनुभयो।
आक्रमण भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको जनपथ प्रहरी र सशस्त्र प्रहरीले घटनालाई नियन्त्रणमा लिएको थियो।
यसैगरी सिद्धलेक गाउँपालिका–५ स्थित बाघबच्छला नजिकै आक्रमण हुँदा स्थानीय एमालेका २६ वर्षीय राकेश श्रेष्ठ गम्भीर घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका श्रेष्ठको मलेखुस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।घटनामा तीन मोटरसाइकलमा क्षति पुगेको छ।
नेकपा माओवादी केन्द्रका नेता बुद्ध गुरुङको नेतृत्वमा घटना भएकोले आरोपविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्ने एमाले जिल्ला सचिव अर्जुन श्रेष्ठले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयले भने दुई पक्षबीच झडप भए पनि कसले आक्रमण गरे भन्ने कुरा अनुसन्धान भइरहेको बताएको छ । हालसम्म घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा लिइएको छैन।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।