कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
रसुवा, २२ चैत
रसुवाका तीन सयभन्दा बढी ग्राहकले क्यापासिटर बैंकनै नराखि विद्युत् मोटर र वेल्डिङ मेशिन जडान गरेकाे पाइएकाे छ । नेपाल विद्युत् प्राधिकरण धुञ्चे वितरण केन्द्रका अनुसार उद्याेगहरूले क्यापासिटर बैंक राख्नुपर्ने भए पनि धेरैले राखेका छैनन् । जसका कारण भोल्टेजको गुणस्तर कायम गर्न र विद्युत् लोडको मागलाई सन्तुलन बनाउन समस्या भइरहेकाे छ ।
प्राधिकरणले क्यापासिटर बैंक नराख्ने ग्राहकको लाइन काट्न केही समयअघि कार्यालयहरूलाई परिपत्र गरेको थियो । तर, जिल्लामा क्यापासिटर नपाइने भएकाले अहिलेसम्म लाइन काटिएको छैन । जिल्लामा सञ्चालित धेरै उद्योगले क्यापासिटर नराखेकाले राख्नका लागि प्रक्रिया अघि बढाएको प्राधिकरण धुञ्चे वितरण केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए । ‘जिल्लामा क्यापासिटर पाइँदैन,’ उनले भने,’यसका लागि हामीले सहजीकरण गरिरहेका छौँ ।’
ग्राहकले प्राधिकरणलाई क्यापासिटर ल्याएर जडान गरिदिन आग्रह गरेको उनले बताए । कुन क्षमताको क्यापासिटर ल्याउने र कसरी जडान गर्नेबारे अन्योल भएकाले ग्राहकले क्यापासिटर जडान नगरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण विनियमावली २०७८ का अनुसार प्राधिकरणले पाँच किलोवाट भन्दाबढी क्षमताको विद्युत् मोटर वा वेल्डिङ मेशिन भएका ग्राहककोमा मिटर जडान गर्दा सन्ट क्यापासिटर अनिवार्य रूपमा जडान गर्न लगाउनुपर्ने उल्लेख छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।