नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ९, आईतबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
  • धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
समाचार
ताजा समाचार

पशुपालनमा युवाको आकर्षण बढ्दो, अनुदानमा सेटिङको आरोप

नीलकण्ठ एफ.एम
  • २०७८ चैत्र २२, मंगलबार
  • ४ साल अघि
  • १० मिनेट पढाइ
  • १४१४ पटक पढिएको
पशुपालनमा युवाको आकर्षण बढ्दो, अनुदानमा सेटिङको आरोप

हेटौंडा, २२ चैत

पछिल्लो समय कृषि तथा पशुपालनमा युवाको आकर्षण बढ्न थालेको छ । वैदेशिक रोजगारीमा गएकाहरू फर्किएपछि आधुनिक प्रविधिमा कृषि तथा पशुपालन गर्नेको संख्या बढ्न थालेको हो । तर, सरकारबाट उचित अनुदान तथा सहयोग नपाएपछि उनीहरू खिन्न देखिन्छन् ।
हेटौंडा–१७ हटिया सानोगंगटेका विवेक सुवेदी अहिले ३१ वर्षका भए । उनी आजकल बाख्रा फार्म तिरै व्यस्त छन् । उनी व्यावसायिक बाख्रापालनमा लागेको तीन वर्ष भयो । उनले अस्ट्रेलियाबाट ल्याइएको बोयर जातको बाख्रा पालन गरिरहेका उनले बाख्रा सँगसँगै लेयर्स कुखुरासमेत पालन गरिरहेका छन् । अहिले उनको खोरमा ४० वटा बोका, ४० वटा माउ, ५० वटा बेच्न तयार भएका पाठापाठी र स–साना पाठापाठी गरी २४० वटा बोयर जातका बाख्राहरू रहेका छन् ।

उनको फार्ममा खरी जातको बाख्रा पनि पालिएको छ । त्यस्तै सात हजार कुखुरा अट्ने पोल्ट्रि फार्म पनि रहेको छ । उक्त पोल्ट्री फार्ममा अहिले भने तीन हजार लेयर्स कुखुरा छ ।

‘बाख्रा पालन गरी स्वरोजगार बनौं, आर्थिक हैसियत मजबुत बनाऔं’ं भन्ने मूल उद्देश्यका साथ बाख्रापालन गरिरहेको छु,’ सुवेदीले भने, ‘तर, सरकारबाट बेवास्ता हुँदा हौसला टुट्ने रैछ ।’

उनले तीन जनाको सहलगानीमा बीबीआर एग्रो प्रालि फार्म खोलेर बाख्रा पालन गरिरहेका छन् । उक्त फार्ममा ४५ वर्षीया बद्रीनाथ ज्ञवाली र ४८ वर्षीया राजु पराजुली गरी तीन जनाको सहलगानी छ । पढाईको शिलशिलामा काठमाडौं गएका सुवेदी करिब १० वर्ष जति काठमाडौंमा नै मोबाइल पसल चलाएर बसेका थिए । विभिन्न ठाउँमा घुम्ने क्रममा देखिएको बाख्रापालनपछि आफूलाई पनि बाख्रापालन गर्ने जाँगर चलेको उनी सुनाउँछन् ।

घरमा पहिल्यैबाट बाख्रापालन गरिएको भए पनि व्यवसायिक रुपमा बाख्रापालन गर्न थालिएको तीन वर्ष जति भएको उनले भने । फार्ममा अहिलेसम्म फार्ममा तीन करोडभन्दा बढी लागत लागिसकेको सुवेदीले बताए ।

अनुदानमा सेटिङको आरोप 

पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरूको आकर्षण बढे पनि सरकारबाट वास्तविक कृषकहरूलाई साथ सहयोग नभएपछि कृषकहरू खिन्न देखिएको सुवेदी बताउँछन् । आफूले ठूलो लागतमा व्यवसाय सुरु गरेको, तर सरकारबाट कुनै पनि अनुदान प्राप्त नभएको उनी बताउँछन् ।
बागमती प्रदेश सरकारबाट प्रदान गर्ने अनुदान सेटिङको आधारमा अरुलाई नै प्रदान गरिएको उनको गुनासो छ । विभिन्न चरणमा आफ्नो फार्म छनौट भएपनि अन्तिम चरणमा आफ्नोभन्दा कम नम्बर प्राप्त गर्ने फार्मलाई अनुदान प्रदान गरिएको उनले बताए ।

बाहिरी बजासँग प्रतिस्पर्धा गर्न कठिन

सम्बन्धित् निकायबाट कुनै पनि सहयोग नहुँदा बाहिरी बजारसँग प्रतिस्पर्धा गर्न समस्या पर्ने गरेको सुवेदी बताउँछन् । ‘बाहिरी बजारसँग प्रतिस्पर्धा गरिरहँदा हामीजस्ता कृषकहरूलाई निकै नै कठिन पर्ने गर्दछ,’ उनले भने, ‘उनीहरूले विभिन्न अनुदान र राहत लिएर व्यवसाय गर्दा लागत कम लाग्ने हुन्छ । तर, हाम्रो लागत बढी भइरहेको हुन्छ । यस्तोमा उनीहरूसँग प्रतिस्पर्धा गर्दा घाटाको व्यापार गरिरहनु परेको छ ।’

सरकारले कृषकहरूको भविष्य सुनिश्चित गरिदिए यो व्यवसाय थप फैलिँदै जाने उनी बताउँछन् । ‘हामी संघर्ष गरिरहेका छौं, सरकारसँग आफ्नो अधिकारको लागि लडिरहेका छौं,’ सुवेदीले भने, ‘अहिले नै आत्तिनु हँुदैन । भविष्यमा व्यवसाय नाफामूलक हुनेछ ।’ सुवेदीले व्यवसाय सुरु गरेको पहिलो वर्ष कुनै पनि नाफा आर्जन नगरेको, तर गत वर्ष विभिन्न खर्च कटाएर केही नाफा भएको सुनाए ।

एउटै बोकाको दुई लाख ५० हजार

उनले बोयर जातको बोका तथा माउ अहिले बिउको लागि बिक्री वितरण गर्ने गरेका छन् । एउटा बोकाको मूल्य अहिलेको बजार मूल्य अनुसार दुई लाख ५० हजार रुपैयाँ पर्ने गरेको सुवेदी बताउँछन् । अस्ट्रेलियाबाट आयात गरेको बोका, माउबाट उत्पादन गर्नुपर्ने भएकोले महँगो पर्ने गरेको उनले बताए ।

उनले फार्ममा चार जनालाई रोजगारी पनि दिइरहेका छन् । फार्मको सम्पूर्ण जिम्मेवारी फार्मका म्यानेजर तथा टेक्निसियन रञ्जन अर्याललाई दिइएको छ । बाख्राको लागि तीन बिघा क्षेत्रमा घाँस लगाइएको अर्यालले बताए । बारीमा सुपर नेपियर, जै, बार्सिम स्टाइलो, किम्बुलगायतको घाँसहरू लगाइएको छ । अहिले बोयर जातको बाख्रा मासुको लागि भने खासै बिक्री नहुने सञ्चालक सुवेदीले बताए ।

नेपाल व्यावसायिक बाख्रा पालन महासंघ मकवानपुरले प्रतिकिलो एक हजार दुई सय रुपैयाँ जिउँदोलाई पर्ने गरी प्रदेश सरकारलाई मूल्य सूची बुझाएको छ । महासंघका अध्यक्षसमेत रहेका सुवेदीले उक्त मूल्य सूचीमा बिक्री गर्दा पनि किसानलाई घाटा पर्न जाने बताउँछन् । प्रदेश सरकारले भने उक्त मूल्य सूचीमा कुनै पनि प्रतिक्रिया दिएको छैन । घाँस तथा दानाको मूल्य दिनानुदिन बढे पनि मासुको मूल्य बढाउन सरकार हिच्किचाउने गरेको उनको आरोप छ ।

अहिले सरकारी निकाय तथा विभिन्न संघ संस्थाबाट उक्त बोयर जातको बोका तथा माउ किन्न आउने गरेको सुवेदी बताउँछन् । ‘बीउको लागि बाख्रा उत्पादन गरिएको भएर अहिले हाम्रो व्यवसायबाट त राम्रै नाफा भएको छ । तर, समग्रमा बाख्रापालक कृषकहरूले घाटाको व्यापार गरिरहनुपरेको छ,’ सुवेदीले भने,’ सरकारले उचित अनुदान र राहतको व्यवस्था गरिदिए थप सहज हुने थियो ।’

भारतबाट आयात गरिएका खसी बोकाहरू उत्पादन गर्न उनीहरूलाई कम खर्चालु हुने हुँदा बजारभाउ पनि सस्तो देखिएको उनले थपे । उनले भने, ‘भारतमा विभिन्न निकायबाट राहत तथा अनुदान लिएर व्यवसाय गर्छन् । जसबाट बजारभाउ सस्तो हुन्छ । तर, हाम्रोमा लागत नै बढी लाग्ने हुँदा बजारभाउ पनि बढाउनुपर्ने बाध्यता छ, यस्तोमा प्रतिस्पर्धा गर्न निकै कठिन परेको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धित थप
मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती मुख्य समाचार

मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती

७ घण्टा अघि
धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ अपराध

धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ

१२ घण्टा अघि
रुविभ्याली पदमार्ग खुला मनोरन्जन

रुविभ्याली पदमार्ग खुला

१४ घण्टा अघि
नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु मुख्य समाचार

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

१ दिन अघि
Post Thumbnail मुख्य समाचार

बागमतीका अर्थमन्त्री सरल सहयात्री धादिङ आउँदै

१ दिन अघि
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने मुख्य समाचार

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

१ दिन अघि
बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु मुख्य समाचार

बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण सुरु

१ दिन अघि
दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा 	बिदेसिँदै नेपाली मुख्य समाचार

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

३ दिन अघि
मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद् मुख्य समाचार

मौसम पूर्वानुमान साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

३ दिन अघि
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

१ हफ्ता अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

१ हफ्ता अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

१ हफ्ता अघि
समाचार
मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती

मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती

धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ

धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ

रुविभ्याली पदमार्ग खुला

रुविभ्याली पदमार्ग खुला

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0