नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
आगामी शुक्रबार अर्थात् २० फागुनबाट फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउने भएको छ । फिल्म युनिटले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शनका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
अभिनेता अर्पण थापाले कोरोना महामारी पश्चात फिल्म रिलिजको लागि थोरै समय बाँकी रहेकाले पनि फिल्मलाई धेरै भन्दा धेरै दर्शकसम्म पुर्याउन चुनौती रहेको बताए ।
निर्देशक मुकुन्द भट्टले फिल्म पहिलो संस्करणभन्दा १० गुणा राम्रो बनेको दाबी गरे । उनले फिल्मको पहिलो भागले दर्शको राम्रो साथ पाएपनि आफु सन्तुष्ट नभएका कारण आफुने आफु र दर्शक दुवैलाई सन्तुष्ट बनाउन दोस्रो भाग निर्माण गरेको खुलाए ।
फिल्ममा अभिनेता शिव श्रेष्ठ पहिलो पटक खराब राजनीतिज्ञको भुमिकामा प्रस्तुत भएका छन् । उनले आफ्नो ४० वर्षे फिल्मी करियरमा पहिलो पटक फरक र चुनौती पुर्ण भुमिका निवार्ह गर्ने अवसर पाएको बताए ।
नेपाल र विदेशमा छायांकन गरिएको फिल्ममा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ। एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।
खिलेन्द्रराज तिमसिना प्रस्तुतकर्ता रहेको फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।
फिल्ममा निर्देशक भट्ट र सुनील नेउरेको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बासकोटा, राजेन्द्र भट्ट(मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।
फिल्म नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चीनियाँ गरी ६ भाषमा रिलिज हुनेछ । किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी रहेको फिल्ममा हिमाल केसी र सिमोन तामाङको द्वन्द्व र मिलन श्रेष्ठको सम्पादन छ ।
गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरी निर्माण गरेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माता तथा सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |