Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २७, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

पल शाह–समिक्षा प्रकरणः प्रदिप थापाको घर कोठामा के भएको थियो ? (जाहेरीको विवरणसहित)

४१६९ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (४ साल अघि)
Post Thumbnail

१४ वैशाख २०७८ को राति । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ दुलेगौडा स्थित प्रदिप थापाको घर कोठा। समिक्षा अधिकारीले परिवारका सदस्यमार्फत् दिएको किटानी जाहेरीमा यो विषय उल्लेख छ ।

किटानी जाहेरीमा उक्त घर कोठामा अन्तिम पटक पल शाहले करणीसम्बन्धी कसूर गरेको उल्लेख छ । कोष्ठकमा जबरजस्ती करणी उल्लेख छ ।
जाहेरीमा समिक्षाको नाम खुलाइएको छैन । उनको उमेर १६ वर्ष र घर तनहुँको व्यास नगरपालिका १२ उल्लेख छ ।

जाहेरीमा पल शाहको वास्तविक नाम समेत खुलाइएको छ । उनको नाम पुर्ण विक्रम साह उल्लेख छ । मध्यम शरीर र उचाई ५ फुट ७ इन्च उल्लेख छ ।

१६ वर्षकी समिक्षा भन्दा पल साह दोब्बर उमेरको उल्लेख छ । उनको उमेर ३२ वर्ष लेखिएको छ ।

जाहेरीमा विगतमा भेटघाट भई फेसबुक आइडी र मोबाइल नम्बर आदान प्रदान भएको, बाग्लुङ गलकोट गएकोमा गाडीमा एउटै सिटमा बसी बालयौन दुरुपयोग गरेको, तनहुँमा १४ वैशाख २०७८ मा रक्सी सेवन गरी ११ बजे कोठा खोल्न लगाई जर्बजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। त्यसपछि विभिन्न समयमा होटलहरुमा लगी ललाइफकाई करणी गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २१९ १ विपरितको कसुर अपराधमा कडा भन्दा कडा कारबाहीको माग गरिएको छ । उक्त दफा अनुसार कारबाही भएमा पल साहले १२ वर्षसम्म जेल बस्नुपर्ने हुनसक्छ ।

कसूर प्रमाणित भए के हुन्छ
पल शाहले सहमतिमा यौन सम्बन्ध राखेको पुष्टि भएमा पनि जर्बजस्ती करणी मानिन्छ किनभने समिक्षा नाबालिग छिन् । पल बालिग छन् ।

कानून अनुसार मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा जर्बजस्ती करणी गरेको मानिने उल्लेख छ । १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय तोकिएको छ ।

यस्तो छ जाहेरी:

म जाहेरीवाला परिवर्तिन जिल्ला ३९ अन्तर्गत सानो कृषि पेशा व्यवसाय गरी श्रीमती, छोरा छोरीसहित ५ जनाको परिवार बस्दै आइरहेकोमा मेरी छोरी वर्ष १६ की परिवर्तित नाम थर व्यास १२ विगत ३ वर्ष देखि गायन क्षेत्रमा ख्याती कमाई स्वर राम्रो भएको कारण सामाजिक सञ्जालहरुमा समेत चर्चित भई इज्जत प्रतिष्ठा कमाउने काम गरेकी छिन् । यसै क्रममा विभिन्न राष्ट्रिय कलाकारहरुसँग भेटघाट भई आफ्नो कला प्रस्तुत गर्दै आइरहेकी थिइन् । विगत अन्दाजी ३ महिना अगाडि देखि छोरी गीत संगितमा त्यति धेरै मन नलगाउने एकोहोरो जस्तो बस्ने गर्दै आइरहेकीले नाबालक छोरीलाई के भएछ भनी म समेतले कुरा गर्न खोज्दा छोरीले आफ्नो कुरा खुलाउन चाहिनन् र म समेतले छोरीको पहिलाको र हालको स्वभाव तथा आफ्नो कलाकारिता प्रतिको नैराश्यता देखेपछि उनलाई निकै अनुरोध पश्चात निजले आफ्नो घटनाको बारेमा बताए अनुसार प्रकरण नं ३ मा उल्लेखित नेपाली सिने जगतका प्रख्यात कलाकार पूर्ण विक्रम शाह पल शाह सँग मिति २०७७।०६।२२ गते काठमाडौंमा पिलु वर भन्ने बोलेको गीतको भिडियो सुटिङ गर्ने क्रममा पहिलो पटक भेटघाट भई फेसबुक आइडी र फोन नं समेत आदान प्रदान भएको रहेछ, क्रमिक रुपमा नाबालक छोरीसँग भेट हुँदा  निज पूर्ण विक्रम शाह (पल शाह) ले देखावटी रुपमा माया प्रेम गरेको बहाना गरी भिडियो सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएका रहेछन् । निज पूर्ण विक्रम शाह र मेरी नाबालिका छोरीले संयुक्त रुपमा धेरै म्युजिक भिडियोमा सँगै मोडलको रूपमा काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राति होटलहरूमा बास बस्ने क्रममा पटक पटक जबरजस्ती करणी गर्न खोजेकोमा छोरीले असहमति जनाएका कारण सफल हन नसकेको रहेछ ।

यस क्रममा २०७७/१२/३१ गते बागलुङ जिल्लाको गलकोट महोत्सवमा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेस थापासमेतका कलाकारहरूसँग मेरी नाबालक छोरी एकै गाडीमा बागलुङको गलकोट गएकोमा उक्त स्थानमा जाँदा र फर्कँदा निज प्रतिवादी र मेरी छोरी एकै सिटमा यात्रा गर्दाको बखत समेत बाल यौन दुरुपयोग गरी संवेदनशील अङ्गमा चलाउने, जिस्काउने , समात्ने जस्ता कार्य समेत गरेको र मिति २०७८/०१/०२ गते काठमाडौँ पुगी छोरी आफ्नो कोठामा गई बसिन्, र काठमाडौँको बसाईमा सामान्य भेटघाट समेत गर्दै आइरहेका रहेछन्, त्यसपछि छोरी घरमा आई १ हप्ता जति बसे पश्चात् निज प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह) ले फोन गरी सुटिङको लागी म पोखरा आउँदै छु, तिमीलाई म भेट्छु, भनी पोखरा स्थित लेकसाईडमा भेटघाटको लागी बोलाई भेटघाट गरी लकडाउनको हल्ला चलेको हुँदा छोरी पनि काठमाडौँ जानु पर्ने भएको हुँदा मिति २०७८/०१/१४ गते साँझ १९:०० बजे पोखराबाट काठमाडौँ फर्किने क्रममा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा स्थित प्रतिवादीको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था नाबालिका छोरी दिन भरीको थकानले खाना खाएपछि उक्त घरको दोस्रो तलामा सुत्न गएकी र प्रतिवादी पूर्ण विक्रम शाह र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा राती अन्दाजी ११ बजेसम्म रक्सी खाएर बसेको र राती अं. १२ बजे तिर निज प्रतिवादीले छोरीको म्यासेन्जरमा म तिम्रो कोठामा आउँछु भनेर म्यासेज गरेको र तुरुन्तै छोरीको कोठा ढक ढक गर्न आएका रहेछन् ।

छोरीले कोठा खोलिदिए पश्चात् निज प्रतिवादी छोरी सुतेको कोठामा आएर छोरीलाई ललाई फकाई माया प्रेम गरेको बहाना बनाइ तिमीले काठमाडौँको कोठा सर्नपर्‍यो म तिम्रो कोठामा दिन दिनै आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिनँ भनी उमेर पुगे पछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदा हुँदै पनि जबर्जस्ती करणी गरेका रहेछन् ।छोरीलाई माया गरेको देखाउनुको लागि वारदातको भोलिपल्ट ढोर वाराही मन्दिर समेत घुमाई, दलेगौंडाको सुटिङ सकेर काठमाडौँ गएका रहेछन् ।

निज प्रतिवादीले यस भन्दा पहिले पनि मिति २०७७।०९।१० गते पोखरा स्थित प्राइममा र मिति २०७७।१२।०७ गते चितवनस्थित गैंडाकोट रिसोर्टमा पटक पटक जर्बजस्ती करणी गरेको हुँदा यसरी मेरी नावालिका छोरी लाई माया प्रेम गरेको, विभिन्न गीतहरुको सुटिङ हुँदाको बखत छोरीको हेरविचार गरेको बहाना समेत गरी माया प्रेमको झुठा नाटक गरी जवर्जस्ती करणी गर्ने निज पल शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरित कसुर अपराधमा कडा भन्दा कडा कारबाही गरी कानुन बमोजिम गरी ऐ.संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति समेत दिलाई भराई पाउँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

    धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

  • धादिङमा लागूऔषध (गाँजा) सहित दुई जना पक्राउ

    धादिङमा लागूऔषध (गाँजा) सहित दुई जना पक्राउ

  • चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने धादिङका एकसहित पाँच पक्राउ

    चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने धादिङका एकसहित पाँच पक्राउ

  • समाचार
    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0