Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २७, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

बुढेसकालको प्रेमले निम्त्याएको अपराध– आफैं हत्या, आफैँ उजुरी !

१५३६ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (४ साल अघि)
Post Thumbnail

दाङको राप्ती गाउँपालिका– ३ वसन्तपुरकी उमादेवी चौधरीले काममा जान्छु भन्दै निस्किएका आफ्ना पति घर नफर्किएको भन्दै फागुन ५ गते प्रहरीमा निवेदन दिइन् ।

फागुन १ गते बिहानै घरबाट निस्किएका ४५ वर्षीय पति लप्टन चौधरी घर नफर्किएकाले खोजी गरिदिन उनले निवेदन दिएकी थिइन् ।

गढवा गाउँपालिका– ३ गोवरडियातर्फ गएको र घर नफर्किएको उनले निवेदनमा उल्लेख गरेकी थिइन् । त्यसलगत्तै इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुवन भट्ट नेतृत्वको टोली अनुसन्धानमा खटियो ।

उनको टोलीले फागुन ५ गते बेलुका ६ बजे गढवा गाउँपालिका २ कोठरीस्थित राप्ती नदीमा एउटा शव फेला पार्‍यो । 

प्रहरीले उमादेवी र छरछिमेकलाई सनाखत गराउँदा लप्टनको शव भएको पुष्टि भयो । उनको घाँटीमा चोट देखिएपछि कसैले हत्या गरेको भन्ने आशंकामा अनुसन्धान शुरू भयो । 

लप्टन राजनीति गर्ने भएकाले उनका कोही शत्रु छन् कि भनेर छरछिमेकमा सोधपुछ गर्दा प्रहरीले नयाँ रहस्य पत्ता लगायो ।

छिमेकीले उमादेवीको अर्कै पुषससँग सम्बन्ध रहेको बताए । 

प्रहरीले छिमेकीले भनेकै आधारमा उमादेवीलाई निगरानीमा राख्दै टेक्निकल अनुसन्धान अघि बढायो ।

परपुरुषसँगको सम्बन्धका कारण लप्टनले मादक पदार्थ सेवन गरेर उमादेवीलाई कुटपिट गर्ने गरेको पनि छिमेकीले बताए ।

प्रहरीले उमादेवीको फोन सम्पर्क भएका व्यक्तिहरूका सम्बन्धमा अनुसन्धान शुरू गर्‍यो । फोन कल डिटेल र व्यवहार हेर्दा उमादेवीले नै हत्या गरेको निष्कर्षमा प्रहरी पुग्यो ।

त्यसपछि प्रहरीले उमादेवीलाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो ।

सोधपुछका क्रममा उनले आफ्ना प्रेमी राप्ती– ३ मसुरियाका हनुमान चौधरीसँग मिलेर पतिको हत्या गरेको स्वीकार गरिन् ।

आफूहरूको सम्बन्ध थाहा पाएपछि कुटपिट गरेको र समाजमा बताइदिने धम्की दिएकाले हत्या गरेको बयान उनले दिइन् ।

उनका अनुसार माघ २९ गते बेलुका लप्टनले मादक पदार्थ सेवन गरेर उमादेवीलाई कुटपिट गरेका थिए । 

उमादेवीले त्यसबारे हनुमानलाई जानकारी गराइन् ।

उनीहरू लप्टनको हत्या गर्ने निष्कर्षमा पुगे । हनुमानले उमादेवीलाई घरको दक्षिणतर्फको ढोका खुलै राख्न भने ।

उमादेवी ढोका खुलै राखेर १२ वर्षीया छोरी च्यापेर अर्को कोठामा सुतिन् ।

छोरी निदाएपछि राति १२ बजे हनुमान र उमादेवीले लप्टनको छातीमा मुड्कीले हानेर बेहोश बनाए । त्यसपछि घाँटी च्यापेर हत्या गरे ।

‘हत्या गरेर शव नजिकै रहेको राप्ती नदीमा फालेको देखिन्छ । प्रहरीलाई गुमराहमा पार्नका लागि उनीहरूले शवलाई जुत्ता समेत लगाइदिएका रहेछन्,’ दाङ प्रहरीका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले भने ।

उमादेवीले ६ दिनपछि मात्र श्रीमान् हराएको खबर गरेकी थिइन् । 

प्रहरीले अहिले ५० वर्षीया उमादेवी चौधरी र उनका प्रेमी ५२ वर्षीय हनुमान चौधरीलाई जिल्ला अदालत दाङबाट म्याद लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।लोकान्तर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धि थप
  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

    धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

  • धादिङमा लागूऔषध (गाँजा) सहित दुई जना पक्राउ

    धादिङमा लागूऔषध (गाँजा) सहित दुई जना पक्राउ

  • चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने धादिङका एकसहित पाँच पक्राउ

    चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने धादिङका एकसहित पाँच पक्राउ

  • समाचार
    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0