नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
नेवार समुदायको विशेष चाड हो लाखे जात्रा । हरेक वर्षको रक्षावन्धन(जनैपुर्णिमा)को दिनदेखि गणेश चतुर्थी सम्म नेवार समुदायले लाखे जात्रा लगाउने प्रचलन रहेको छ । जात्राभरि गाई जात्रा, रोपाई जात्रा लगायतका विभिन्न नेवारी संस्कृतिको प्रदर्शन गर्ने गरिन्छ तर धादिङमा भने यस वर्ष प्रदर्शन नहुने भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण यो वर्ष जात्रा नलगाउने निर्णय भएको झिगु नेवाःसमाज, धादिङका महासचिव राजकुमार श्रेष्ठले बताउनुभयो । श्रावण ७ गतेबाट लकडाउन खुल्ला गरेतापनि कोरोना भाईरस स्थानिय समुदायसम्म फैलिदै गएकोले आम जनमानसमा कोभिडको प्रभावलाई न्यूनिकरण गर्न नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले जात्रा लगाई जमघट हुने कार्य नगर्नेे निर्णय गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
आफ्नो परम्परागत संस्कृति जगेर्ना गर्दै खेतिपाती लगाईसकेपछि मनोरन्जन सँगसँगै आपसमा आत्मियता कायम राख्न, सामुहिक कार्यमा सहभागिता जनाउने मुख्य अभिप्रायले आयोजना गरिने यस्ता जात्राले मौलिकता झल्कने भएता पनि ठुलो समुहमा जमघट हुने हुँदा कोभिडको जोखिमलाई कम गर्न यस्तो निर्णय गरिएको श्रेष्ठले बताउनुभयो ।
आफ्नो संस्कृति र परम्परा लोप हुन नदिनका लागि लाखे जात्रा हरेक बर्ष प्रर्दशन गर्दै आएको यहाँका समुदायले बताउँछन् । लाखे नाच जात्रामा ढोल, झ्याम्टा बजाउँदै, नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्परा अनुसारको नाच प्रदर्शन गर्दै बजार परिक्रमा गर्ने गरिन्छ । कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले भिडभाड हुने जात्रा पर्व, भोज भतेर जस्ता कार्यक्रमलाई रोक लगाएको छ ।तस्विर:राजकुमार श्रेष्ठ
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |