वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी,१ चैत्र । समाजमा समानता र सहिष्णुताको सन्देश फैलाउने उद्देश्यका साथ ज्वालामुखी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने एक नवदम्पतीलाई सम्मान गरेको छ।
ज्वालामुखी गाउँपालिका–७ चैनपुरकी मञ्जु रम्तेल (दलित समुदाय) र ज्वालामुखी गाउँपालिका–६ का संगम राना मगरले परिवारको सहमतिमा अन्तरजातीय विवाह गरेपछि गाउँपालिकाले उनीहरूलाई सम्मान गर्दै बधाई दिएको हो।
धेरै समयदेखि समाजमा जातीय विभाजनका कारण विवाहजस्ता व्यक्तिगत निर्णयसमेत चुनौतीपूर्ण बन्ने गरेको अवस्थामा मञ्जु र संगमले आपसी समझदारी, विश्वास र पारिवारिक सहमतिका आधारमा विवाह गरेर समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेका छन्। उनीहरूको यो निर्णयले समानता र आपसी सम्मानको सन्देश दिएको स्थानीयले बताएका छन्।
ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले अन्तरजातीय विवाह समाज परिवर्तनको एउटा महत्वपूर्ण कदम भएको बताउँदै यस्तो विवाहले जातीय विभेद घटाउन र सामाजिक सद्भाव बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे। “समाजलाई सकारात्मक दिशामा लैजान यस्तो साहसी निर्णय गर्ने युवालाई प्रोत्साहन दिनुपर्छ,” उनले भने, “त्यसैले गाउँपालिकाले नवदम्पतीलाई सम्मान गर्दै बधाई दिएको हो।”
गाउँपालिकाले अन्तरजातीय विवाहले समाजमा समानता, सहिष्णुता र आपसी सद्भावको भावना बलियो बनाउने अपेक्षा व्यक्त गरेको छ। साथै, युवापुस्ताले पुराना विभेदकारी सोचभन्दा माथि उठेर मानवीय मूल्य र आपसी सम्मानलाई प्राथमिकता दिन सके समाज अझ समावेशी बन्ने सन्देश पनि दिएको छ।
मञ्जु र संगमको विवाह केवल दुई व्यक्तिको जीवनयात्राको सुरुवात मात्र नभई समाजमा सकारात्मक सोच र परिवर्तनको सानो तर अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।