रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,२८ चैत।
धादिङको सिद्धलेक गाउँपालिका अध्यक्षमा नेपाली काँगे्रसबाट १० जनाले दाबी प्रस्तुत गरेका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्षको लागि १० जनाले दाबेदारको रुपमा प्रस्तुत गरेका हुन् भने उपाध्यक्षको लागि ३ जनाले दाबेदारको रुपमा प्रस्तुत गरेका छन्।उम्मेदवारको विषयमा छलफल गर्न आईतवार बसेको काँगे्रस सिद्धलेक गाउँपालिका कमिटिको बैठकमा अध्यक्ष, उपाध्यक्षमा दावी प्रस्तुत गरेका थिए ।
अध्यक्षमा दाबी गर्नेहरुमा झंकनाथ भट्ट, डोलप्रसाद उपाध्याय, पशुराम खतिवडा, बिष्णुप्रसाद थपलिया, बिष्णुप्रसाद रूपाखेती, भिमकान्त सिलवाल, रणबहादुर घले ,रामबहादुर थापा मगर, रामशरण गिरी र शालिकग्राम सिलवाल रहेका छन् । यसैगरी उपाध्यक्षमा दाबी गर्नेहरुमा लक्ष्मी सिलवाल, सीता थापा मगर र संगिता पण्डित रहेकी छिन्।
आसन्न स्थानीय तहको चुनाव केन्द्रित प्रचारप्रसारमा तल्लीन प्रमुख दलहरू उम्मेदवार छान्न जुटिरहेका छन्। उम्मेदवारको टुंगो लगाउन आन्तरिक रूपमा तयारी भइरहेको जनाए पनि सत्ता गठबन्धनमा रहेका दलहरू केन्द्रीय तहको निर्णय पर्खिरहेका छन् भने प्रमुख प्रतिपक्षी एमालेले पनि धमाधम उम्मेदवार छनोट गरिरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |