तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,२८ चैत।
धादिङको सिद्धलेक गाउँपालिका अध्यक्षमा नेपाली काँगे्रसबाट १० जनाले दाबी प्रस्तुत गरेका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्षको लागि १० जनाले दाबेदारको रुपमा प्रस्तुत गरेका हुन् भने उपाध्यक्षको लागि ३ जनाले दाबेदारको रुपमा प्रस्तुत गरेका छन्।उम्मेदवारको विषयमा छलफल गर्न आईतवार बसेको काँगे्रस सिद्धलेक गाउँपालिका कमिटिको बैठकमा अध्यक्ष, उपाध्यक्षमा दावी प्रस्तुत गरेका थिए ।
अध्यक्षमा दाबी गर्नेहरुमा झंकनाथ भट्ट, डोलप्रसाद उपाध्याय, पशुराम खतिवडा, बिष्णुप्रसाद थपलिया, बिष्णुप्रसाद रूपाखेती, भिमकान्त सिलवाल, रणबहादुर घले ,रामबहादुर थापा मगर, रामशरण गिरी र शालिकग्राम सिलवाल रहेका छन् । यसैगरी उपाध्यक्षमा दाबी गर्नेहरुमा लक्ष्मी सिलवाल, सीता थापा मगर र संगिता पण्डित रहेकी छिन्।
आसन्न स्थानीय तहको चुनाव केन्द्रित प्रचारप्रसारमा तल्लीन प्रमुख दलहरू उम्मेदवार छान्न जुटिरहेका छन्। उम्मेदवारको टुंगो लगाउन आन्तरिक रूपमा तयारी भइरहेको जनाए पनि सत्ता गठबन्धनमा रहेका दलहरू केन्द्रीय तहको निर्णय पर्खिरहेका छन् भने प्रमुख प्रतिपक्षी एमालेले पनि धमाधम उम्मेदवार छनोट गरिरहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |