बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
एजेन्सी
ब्राटिस्लाभा, २७ चैत
रुसले युक्रेनमा अतिक्रमण गरेको ६ साता बितेको छ । रुसी हमलाको प्रतिकार गर्न युक्रेनले छिमेकी देशहरूसँग हतियार सहयोग माग गर्दै आएको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले नेटोको मुख्यालयमा फेरि अर्को अनुरोध गरेका छन् । उनले विमानहरू, बख्तरबंद सवारी साधनहरू, वायु रक्षा प्रणाली र भूमिमा आधारित एन्टी–शिप मिसाइलहरू माग गर्दै आएका छन् ।
उनको मागपछि नेटोको सदस्य स्लोभाकियाले एस–३०० वायु रक्ष प्रणाली युक्रेनलाई सहयोग गर्ने प्रधानमन्त्री इडुवार्ड हेगरले बताएका छन् ।
किभलाई ३० देशहरूले सैन्य सहयोग गर्ने अमेरिकाले बताइरहेको भोलिपल्ट स्लोभाकियाले हतियार प्रदान गर्ने घोषणा गरेको हो । यसअघि अस्ट्रेलियाले पनि युक्रेनलाई हतियार उपलब्ध गराउने घोषणा गरेको थियो ।
‘म यो पुष्टि गर्न चाहन्छु कि स्लोभाकियाले युक्रेनलाई हवाई रक्षा प्रणाली एस–३०० उपलब्ध गराएको छ । युक्रेनले बहादुरीका साथ आफ्नो सार्वभौम देशको रक्षा गर्दैछ । सहयोग गर्नु हाम्रो कर्तव्य हो’, प्रधानमन्त्रीले ट्विट गरेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |