कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेसको १५ औँ महाधिवेशनः महाधिवेशन प्रतिनिधिमा युवा नेता सरोज अधिकारीको उम्मेदवारी
अर्घाखाँची, २५ चैत
शुक्रबार बिहान करिब ११ बजेकाे थियाे । पाेखराबाट भ्रमणका लागि निस्किएकाे ग१ख ६८० नम्बरकाे बस २७ जना यात्रु बाेकेर सन्धिखर्क नगरपालिका-२ भलायडाँडाकाे ओरालाे झर्दै थियाे ।
२३ गते पाेखराबाट प्रस्थान गरेका यात्रुहरू बाेकेर हिजाे प्युठानमा रहेकाे ऐतिहासिक स्वर्गद्वारी मन्दिर दर्शन गरी आज सुपा देउराली मन्दिरमा पुग्ने अनि आजकाे रात यतै बिताएर भाेलि पाेखरा फर्कने याेजनासहित सुरेश सुनारले बस हाँकिरहेका थिए । बसमा सवार थिए पाेखरा साना किसान कृषि सहकारी संस्था बेगनासका सेयर सदस्यहरू ।
सन्धिखर्क पुग्न ५०० मिटर मात्रै बाँकी थियाे । एक्कासि बसले नियन्त्रण गुमायाे । ओरालाेमा कुदिरहेकाे बसमा ब्रेकले काम नगरेपछि पाेखरा-२७ निवासी चालक सुनारले अगाडि तेर्साेबाटाे आउने विश्वासमा बसलाई नियन्त्रण बाहिर जान दिएनन् । दुईवटा माेड कटाएका सुनारले अगाडि ठाडाे ओराले देखेपछि बसलाई भित्तामा ठाेक्याए जसबाट ठूलाे जनधनकाे क्षति हुनबाट बच्याे ।
‘अब ब्रेकले काम गर्दैन भन्ने पुष्टि भएपछि ओरालाे बाटाेमा मसँग धेरै विकल्प थिएन । अगाडि सजिलाे बाटाे आउने आसमा दुईवटा माेड त कटाएकाे थिएँ,’ सुनारले भने, ‘तर तेस्राे माेडपछि अगाडि झन् ठाडाे ओरालाे देखेपछि यात्रुहरूलाई बचाउन भित्तामा ठाेक्याउनुकाे विकल्प देखिनँ ।’
चालककाे कुशलताका कारण ठूलाे क्षति हुनबाट बचेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक हवल्दार महेन्द्र भुसालले बताए । ‘ओराेलाेमा ब्रेक फेल हुँदा निकै जनधनकाे क्षति हुनसक्थ्याे,’ भुसालले भने, ‘निकै कुशलताका साथ चालकले सुरक्षित अवतरण गर्नुभएछ ।’
चालकले बडाे कुशलताका साथ आफूहरूलाई बचाएकाे सहकारीका सेयर सदस्य रुद्रनाथ तिवारीले बताए । ‘यदि चालकले आफूलाई नियन्त्रण नगरेकाे भए आज ठूलाे क्षति हुने थियाे,’ तिवारीले भने, ‘ठूलाे खतराबाट बच्न सफल भइयाे।’
गाडीमा सवार अधिकांश सामान्य घाइते भएका छन् । गम्भीर घाइते भएका दुईजनाकाे बुटवल रिफर गरिएकाे अर्घाखाँची अस्पतालले जानकारी दिएकाे छ । यद्यपि घाइतेहरूकाे अवस्था खतरामुक्त रहेकाे अस्पतालका सूचना अधिकारी निम रानाले जानकारी दिए ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।