नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
एजेन्सी
वर्लिन, २४ चैत
जर्मनीमा एक ६१ वर्षीय पुरुषले आफ्नो शरीरमा कोभिडको ९० डोज लगाएको बताएका छन् । खोप लगाउन नचाहने मानिसहरूलाई खोप प्रमाणपत्र बेचेर पैसा कमाउन सकियोस् भनेर उनले खोप लगाएको बताइएको छ ।
नाम सार्वजनिक नगरिएका पूर्वीजर्मनीको म्याक्डेबर्गका ती व्यक्तिले यसै महिनाको सुरुमा पक्राउ पर्नुअघि पूर्वीराज्य स्याक्सोनका विभिन्न खोप केन्द्रहरूमा पुगेर ९० पटक खोप लगाएका थिए । खोप लगाउन आग्रह गर्दै लगातार दोस्रो दिन स्याक्सनीको आइलेनबर्गमा रहेको खोप केन्द्रमा पुग्दा अन्ततः उनका क्रियाकलाप ‘एक्सपोज’ भएका थिए ।
खोप लगाउन नचाहने व्यक्तिहरूलाई वास्तविक खोप ब्याच नम्बरसहितको नक्कली खोप कार्डहरू बेच्न उनले बारम्बार कोभिड-१९ का खोपहरू लगाइरहेका थिए ।
फ्रि प्रेस पत्रिकाका अनुसार ६१ वर्षीय ती वृद्धाले दिनमा तीनपटकसम्म खोप लगाएका थिए । स्याक्सोनी राज्यमा मात्र उनले कोभिडविरुद्ध ८७ पटक खोप लगाएका थिए ।
फरक फरक ब्रान्डका ९० डोज खोप लगाउँदा उनलाई कस्तो असर रह्यो भन्नेबारेमा केही प्रष्ट पारिएको छैन । खोप लगाउन जाँदा उनले हरेक पटक आफ्नो साथमा नयाँ, खाली खोप कागजात लैजाने गर्थे । खोप लगाएपछि उनले ब्याच नम्बरहरूको जानकारीसहितका पृष्ठहरू हटाएर खोप नलगाइ खोपको प्रमाणपत्र देखाउन चाहने व्यक्तिहरूलाई बेचिदिएका थिए ।
खोप अपोइन्टमेन्टका लागि उनले आफ्नो नाम र जन्ममिति प्रयोग गरेर दर्ता गर्थे । तर अपोइन्टमेन्टहरूमा कहिल्यै आफ्नो स्वास्थ्य वीमा कार्ड प्रस्तुत गरेनन्, जसका कारण उनीतर्फ शंकाको सुई तेर्सिएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |