धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
एजेन्सी
कोलम्बो, २० चैत
श्रीलंकाका मन्त्री तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका जेठा छोरा नमल राजापाक्षेले सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् । प्रतिबन्ध पूर्णरुपमा उपयोगहीन भएको बताउँदै उनले त्यसबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका हुन् ।
श्रीलंका सरकारले फेसुबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युबलगायतका सामाजिक सञ्जालका माध्यमहरूमा प्रतिबन्ध लगाएको छ । गलत सूचना रोक्न सरकारले सो निर्णय गरेको बताइएको छ । अप्ठ्यारो आर्थिक संकटबीच राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध विरोध प्रदर्शन भइरहेका बेला सरकारले संकटकाल घोषणा गरेको थियो । शनिबार साँझ देशव्यापी कर्फ्यू लगाएको सरकारले आइतबार सामाजिक सञ्जालमा रोक लगाएको थियो ।
युवा तथा खेलकुद मन्त्रालय हाँकेका नमल राजापाक्षे राष्ट्रपति गोटाबाय राजापाक्षेका भतिजा हुन् । उनले ट्विट गरेका छन्, ‘सामाजिक सञ्जालमा रोक लगाउने कुरालाई म कहिल्यै मान्दिनँ।’

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |