बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,१९ चैत।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय संयोजक किरण पौडेलले कांग्रेस सत्तामा रहिरहे नेपालको राष्ट्रियता जोगाउन कठिन हुने बताउनुभएको छ।
नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनुभएका पौडेलले नेपाली कांग्रेसको नीति नै नक्कली भएकोले एमालेलाई नक्कली राष्ट्रवादको आरोप लगाइरहेको बताउनुभयो।
शनिबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि धादिङको ८ औँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले स्थानीय निर्वाचनको मिति नजिकिएकाले जनतालाई सत्य र तथ्यको आधारमा बुझाएर चुनावको प्रचारमा लाग्न युवाहरुलाई आग्रह समेत गर्नुभएको छ।
एमालेका विरोधी गठबन्धन दलहरु एक कदम पछाडि परिसकेको भन्दै उहाँले प्रत्येक वडा र वस्तीहरुमा गीत नाचसहित चुनाब प्रचारमा लाग्न युवा संघमा आवद्ध युवाहरुलाई आग्रह गर्नुभयो।
धादिङको गुण्डागर्दी र अराजकतालाई युवा संघले मात्रै तह लगाउन सक्ने भन्दै संयोजक पौडेलले अब धादिङका युवा संघमा आवद्ध युवामाथि कसैले प्रहार गर्न खोज्छ भने उनीहरुलाई नै धुलोपिठो बनाउन सक्ने, अस्पताल भर्ना गराउन सक्ने शक्ति युवा संघसँग भएको बताउनुभयो।
उहाँले आफुलाई बाघ घोषणा गर्ने माओवादीलाई सडकमा तानेर बिरालोको हैसियतमा ल्याएको भन्दै आजको माओवादी रस निकालेर फालिएको कागती जस्तै भएको बताउनुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |