धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
काठमाडौं, १९ चैत
शारीरिक अपाङ्गता भएकी पाँचथरको याङ्वरक–३, ओयामकी जुनु राईका लागि १२ लाख रूपैयाँमा घर निर्माण गरिएको छ । एक तले पक्की घर निर्माण गरिएको हो । घरलाई भने जस्तापाताले छाएको छ ।
ओयाम बजारमै निर्माण गरिएको घर जुनुलाई शुक्रबार हस्तान्तरण गरिएको किरात याक्थुङ चुम्लुङका पाँचथर अध्यक्ष नरेन्द्रराज केरुङले जानकारी दिए ।
घरका लागि ओयाम समाज युकेले ६ लाख रूपैयाँमा चार आना जग्गा खरिद गरेको थियो ।
उक्त जग्गामा घर निर्माण गर्न फेसबुक ग्रुप ‘ग्रिन एन्ड क्लिन आवर पाँचथर’, तीनजुरे अनलाइन टिभी, डेली अनलाइन र जुनु (बेघा) राई सहयोग अभियानले बाँकी ६ लाख रूपैयाँ संकलन गरेको हो ।
जुनु विवाहिता हुन् । जन्मजात शारीरिक अपाङ्गता भएकी उनको दुवै खुट्टा छैनन् । २७ वर्षीया उनको ५ र ३ वर्षका दुई छोरी छन् ।
घरका लागि सहयोग संकलनको संयोजन गर्ने ग्रिन एन्ड क्लिन आवर पाँचथरकी सदस्य पुनम नेम्बाङले जुनुको कष्टकर जीवनलाई सहज बनाउन घर निर्माण गरिएको बताइन् । घर पाएपछि जुनु पनि खुसी छिन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |