रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
काठमाडौं, १८ चैत
एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएका छन् । काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिएका हुन् । उनीहरूलाई पक्राउ गरेर ल्याउने काम भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार काठमाडौं र भक्तपुर जिल्लाबाट पाँच जनाभन्दा बढी नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । ‘हामीले पाँच जना भन्दा बढी नक्कली परीक्षा समाएका छौं । अहिले भेरिफाई गर्ने काम भइरहेको छ । पक्राउ परेकाहरूलाई महाशाखा ल्याउने काम पनि भइरहेको छ । केही समयमा यकिन तथ्यांक आउँछ,’ एसपी कोइरालाले भने ।
चिकित्सा शिक्षा आयोगले आजदेखि चिकित्सा अध्ययनका लागि प्रवेश परीक्षाको परीक्षा सञ्चालन गर्दै आएको छ । पक्राउ परेका मध्ये केही नक्कली परीक्षार्थी नै छन् भने केही परीक्षार्थी नै भएका तर, अर्का व्यक्तिलाई परीक्षा दिन लगाएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । स्नातक तहको एकीकृत प्रवेश परीक्षा आज भोलि र पर्सि गरेर तीन दिन हुनेछ ।
स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षाहरू सहभागी हुनेछन् । आज पहिलो दिन १९ हजार ५०८ जना परीक्षामा सहभागी भएका छन् । त्यसका लागि काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा मात्र परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाका लागि उपत्यकामा १११ परीक्षा केन्द्र तोकिएको आयोगले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |