ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
धादिङबेशी,३१ जेष्ठ । धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाकोटमा स्थानीय महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सरफ तथा झोल साबुन बनाउने पाँचदिने सीपमूलक तालिम सुरु भएको छ।
धुवाकोट सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सञ्चालन भएको तालिमको उद्घाटन गरिएको हो। कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष नमराज दुवाडी प्रमुख अतिथि रहनुभएको थियो। वडा सदस्य तथा न्यायिक समिति सदस्य कमला तामाङको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा सदस्य भीमबहादुर गुरुङ, सामुदायिक सिकाइ केन्द्रका पदाधिकारी तथा महिला समूहका प्रतिनिधिहरूको सहभागिता थियो।
तालिममा केन्द्रअन्तर्गतका सात वटा महिला समूहका २५ जना महिलाहरू सहभागी छन्। सहभागीहरूलाई सरफ तथा झोल साबुन उत्पादन विधि, आवश्यक सामग्रीको प्रयोग, उत्पादन प्रक्रिया, गुणस्तर व्यवस्थापन तथा व्यावहारिक सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष दुवाडीले यस्ता सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरी आयआर्जनका अवसर सिर्जना गर्न आग्रह गर्नुभयो।
स्थानीय स्तरमा उत्पादन तथा उद्यमशीलता विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम पाँच दिनसम्म चल्ने आयोजकले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |