वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
काठमाडाैं, १७ चैत
साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३ दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दसमलव ३० अंकमा पुगेर बन्द भएको छ ।
नेप्सेमा ३८ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६ सय ८६ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार सेयर बजार ४० अंकले बढेर बन्द भएको थियो भने दुई अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
नेप्सेमा बिहीबार तीन कम्पनीको सेयर १० प्रतिशत मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । सर्किट मूल्यमा कारोबार हुने कम्पनीमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, इमार्जिङ नेपाल कम्पनी र नेष्टो समृद्ध लघुवित्त वित्तीय संस्था छन् ।
इमर्जिङ नेपालको सेयर एक सय ११ रुपैयाँले बढेर एक हजार दुई सय २४ रुपैयाँ पुगेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक सय १९ रुपैयाँ ९० पैसा बढेर एक हजार तीन सय १९ रुपैयाँ पुगेको छ । नेष्टो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९५ रुपैयाँले बढेर एक हजार ५५ रुपैयाँ ७० पैसा पुगेको छ ।
सर्किट लागेका कम्पनीले बजारमा ओपनिङदेखि नै दैनिक बढेर सर्किट मूल्यमा कारोबार हुँदै आएको छ। नेप्सेमा बिहीबार २८ कम्पनीका सेयरधनीले नाफा कमाउँदा एक सय ६४ कम्पनीले कम्पनीका सेयरधनीले गुमाएका छन्।
बजारमा सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको सेयर कारोबार भएको छ । इमर्जिङ नेपालको नाै करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एभरेष्ट इन्स्योरेन्स कम्पनी नाै करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजार सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स सेक्टर एक सय ७६ अंकले घटेको छ भने विकास बैंककाे परिसूचक १०३ अंकले घटेको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।