रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
काठमाडौं , १५ चैत
सरकारले बर्खास्त गरेपछि पुनर्बहालीको माग गर्दै दायर राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव रमेशकुमार सिलवालको रिटमा मंगलबार सुनुवाइ हुँदैछ ।
रिटको पेसी न्यायाधीशद्वय टंकबहादुर मोक्तान र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा तोकिएको छ । सरकारले गरेको बर्खास्तीलाई गैरकानुनी भन्दै पुनर्बहालीको मागसहित गत २८ कात्तिकमा रिट दायर गरेका हुन् ।
भोलिपल्टै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले विपक्षीको नाममा कारण देखाउसँगै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
उनलाई कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले १ कात्तिकमा बर्खास्त गरेको थियो । त्यसअघि भने स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएपछि उनलाई बर्खास्त गरेको थियो ।
यसपछि सरकारले सोही दिन १९औँ सदस्य सचिवको रूपमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |