Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ २८, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

कांग्रेसका अधिकांश केन्द्रीय सदस्य चुनावी तालमेलको पक्षमा

७१६ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १४, सोमबार (३ साल अघि)
कांग्रेसका अधिकांश केन्द्रीय सदस्य चुनावी तालमेलको पक्षमा

काठमाडौं, १४ चैत 

नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले अन्य दलहरूसँग चुनावी तालमेल, गठबन्धन तथा सहकार्य गरेर अधि बढ्नुपर्ने धारणा राखेका हुन् ।

यसबारे कांग्रेसले भोलिको केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ । बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले अहिलेको गठबन्धन अनुसार नै तालमेल गरेर अघि बढ्दा राम्रो हुने सुझाव दिएका हुन् ।

त्यसका लागि कहाँ कहाँ पार्टीको वस्तुस्थित कस्तो छ ? लगायतका विषयमा अध्ययन गरेर कस्तो खालको तालमेल गर्ने हो ? त्यो विषयमा केन्द्रले सैद्धान्तिक निर्णय गर्नुपर्ने उनीहरूको धारणा थियो ।

‘अधिकांश सदस्यले तालमेल, गठबन्धन, सहकार्य गरेर जानुपर्ने सुझाव आयो । त्यसमा कुन ठाउँमा पार्टीको कस्तो खाले वस्तुस्थिति छ ? त्यसका आधारमा कहाँ तालमेल गर्ने कहाँ नगर्ने भन्ने विषयमा केन्द्रले एउटा सैद्धान्तिक निर्णय गर्नुपर्छ । सोही आधारमा भोलि प्रस्ताव तयार भएर निर्णय हुन्छ,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने ।

अहिलेको गठबन्धन अनुसार चुनावी तालमेल गरेर अघि बढेको खण्डमा आउने संसदीय निर्वाचनमा समेत पार्टीले जित्ने परिस्थिति निर्माण हुने उनीहरूको भनाइ थियो ।

केही सदस्यहरूले भने एक्लै चुनावमा गएर पार्टीलाई परीक्षणमा राख्नुपर्ने समेत सुझाव दिए । ‘कतिपय साथीहरूको मत गठबन्धन नगरिकन, तालमेल नगरिकन, एक्लै चुनावमा गएर पार्टीलाई परीक्षणमा राख्नुपर्छ भन्ने सुझाव आयो,’ प्रवक्ता डा. महतले भने ।

बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेल लगायतका नेताहरू चुनावी तालमेलको पक्षमा उभिएका छन् । त्यस्तै सभापति शेरबहादुर देउवा पनि गठबन्धन गरेरै चुनावमा जानुपर्ने पक्षमा छन् । उनले २०७४ सालको निर्वाचनमा एक्लै लड्दा थोरै सिटमा जितेको स्मरण गराउँदै गठबन्धन गरेरै अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।  महामन्त्री शर्माले भने अवस्था हेरेर तालमेल गर्नुपर्ने बताए ।

त्यस्तै नेता पौडेलले पनि स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखे । गठबन्धन नगरी गएमा एमालेलाई फाइदा पुग्ने बताए । एमालेलाई थप बलियो बनाउने कार्य कांग्रेसले गर्न नहुने भन्दै उनले भने, ‘बरु प्रचण्ड माधव नेपाललाई अलिअलि मत थप्ने कामका सहयोग गरौं । तर, ओलीलाई थप बलियो बनाउने काम नगरौं ।’

बैठकमा अर्का महामन्त्री गगन थापाले भने तालमेल नगरी कांग्रेस एक्लै लड्नुपर्ने धारणा राखे । उनको धारणामा कांग्रेस नेता डा. शेखर कोइरालाले पनि साथ दिएका छन् ।  देशभर लाखौं नयाँ मतदाता थपिएको भन्दै उनीहरूलाई पहिलो पटक नै रूखमा भोट हाल्न लगाउनुपर्ने बताए । अहिले रुखमा भोट हाल्न नलगाए भविश्यमा रुखमै भोट हाल्छन भन्ने ग्यारेन्टी नहुने उनको भनाइ थियो ।

त्यस्तै नेता डा. कोइरालाले पनि गठबन्धनभन्दा पनि पार्टी एकतामा ध्यान दिनुपर्नेमा जोड दिए । गठबन्धनको विषयमा केन्द्रबाट नभई स्थानीय तहबाटै स्वविवेकीय अधिकार प्रयोग गर्नु दिनुपर्ने उनको भनाई थियो । यो विषयमा भोलि बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले निर्णय गर्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

  • धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

  • खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

  • समाचार
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0