वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,१४ चैत।
निजामती कर्मचारी युनियन धादिङले संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
सोमबार निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धादिङले निजामती सेवामा हाल कायम रहेको दशवटा सेवामा सूचना प्रबिधि सेवा थप गर्न, स्वास्थ्य सेवा र संसद सेवालाई पनि संघीय निजामती सेवामा समावेश गर्न लगाएतको बिभिन्न माग राख्दै धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।निजामती कर्मचारी युनियन धादिङका अध्यक्ष प्रकाश सापकोटासहितको पदाधिकारी प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको हो।

देश संघिय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि संघिय शासन प्रणालीको कार्यान्वयनको लागि संघ, प्रदेश तथा स्थानिय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवम मार्ग दर्शन गर्ने छाता कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी नहुदाँ मुलुकको सार्बजनिक प्रशासन अन्योल र अस्थिरतामा परेको ज्ञापनपत्रमा भनिएको छ।

सार्बजनिक सेवा प्रबाहको प्रमुख माध्यमको रुपमा रहेको निजामती सेवालाई व्यवस्थापन गर्ने बिषय सरकारको प्राथमिकतामा नपर्नु चिन्ताको बिषय भएको भन्दै निजामती प्रशासनलाई संघिय शासन अनुरुपको ढाँचामा व्यवस्थित गरी सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रभावकारी, पारदर्शी एवम नागरिक मैत्री गराउन ऐन जारी गर्र्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
यस्तो छ,ज्ञापनपत्र

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।