निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,१४ चैत।
निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ । आयोगको आइतवार बसेको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो ।
जसअनुसार धादिङ जिल्लामा मतदाताको सङ्ख्या २ लाख ६८ हजार ४७२ रहेकोे छ ।यसमा १ लाख ३६ हजार ४३१ पुरुष, १ लाख ३२ हजार ४० महिला र अन्य १ मतदाता छन्।
धादिङमा सबैभन्दा धेरै मतदाता नीलकण्ठ नगरपालिकामा ४४ हजार १११ जना छन् भने सबैभन्दा कम रुवीभ्याली गाउँपालिकामा ८ हजार ९५३ मतदाता रहेका छन्। यसैबीच निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि मतदानस्थल र मतदान केन्द्रको पनि टुङ्गो लगाएको छ । धादिङमा १०९ मतदान स्थल तथा ३०३ मतदान केन्द्र हुने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
देशभर मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको छ । यसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार पाँच सय ३० जना रहेको छ ।
त्यस्तै अन्यमा एक सय ८३ जना मतदाता छन् ।आयोगका अनुसार १० हजार सात सय ५६ मतदानस्थल रहने छन् भने २१ हजार नौ सय ५५ मतदान केन्द्र रहेका छन् ।
(हेर्नुहोस सूची)


देशभरको सूची हेर्नुहोस


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |