बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौं, १३ चैत
नेकपा एमालेको १०औंं महाधिवेशनपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको छ । आइतबार बसेको बैठकले यसअघि केन्द्रीय कमिटीले गरेको ११ वटा निर्णयमध्ये तीनवटा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
प्रतिबद्धता पत्र कार्यान्वयनका लागि यहि १६ चैतमा हाईब्रिट भर्चुअल मिटिङ बस्ने निर्णय गरेको छ । उक्त बैठकमा केन्द्रमा भौतिक रूपमा सहभागी हुन्छन्, प्रदेश, जिल्ला र पालिकास्तरमा भने भर्चुअल रूपमा बैठकमा सहभागी हुनेछन् ।
प्रदेश तथा जिल्ला कमिटीले तोकेको सबै पालिकाका इन्चार्ज र अध्यक्षहरू, पार्टीले जितेका पालिकाका प्रमुख र उपप्रमुखहरू तथा अध्यक्ष र उपाध्यक्षहरू, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरू, मस्यौदा तयारीमा संलग्न हुने जिल्ला, पालिका तथा प्रदेशको तर्फबाट तोकिएका विज्ञहरू र स्थायी कमिटीका सदस्यहरू भर्चुअल रूपमा बैठकमा सहभागी हुनेछन् ।
त्यस्तै सचिवालयका सदस्यहरू, मस्यौदा कमिटीका सदस्यहरू, अर्थ तथा योजना विभागका प्रमुख, परराष्ट्र मामलाका प्रमुख र कानुन विभागका प्रमुख उपस्थित हुनेछन् । उक्त बैठकबाट प्रतिबद्धता पत्रको मस्यौदाको पहिलो फर्माट बनाउने काम सम्पन्न हुनेछ ।
त्यस्तै दोस्रो निर्णयमा केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटीका सदस्यहरूले २० चैतसम्ममा आफ्नो लिखित सुझाव पेस गर्नुपर्नेछ ।
वित्त तथा आर्थिक व्यवस्थापन विभागद्वारा प्रस्तुत गरिएको आर्थिक विनियमलाई स्थायी कमिटीको सुझाव २० चैतभित्र उपलब्ध गराउने निर्णयसमेत गरिएको छ । केन्द्रीय घोषणापत्रको अन्तिम तयारी गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
त्यस्तै अन्य समसामयिक प्रस्तावसमेत स्थायी कमिटी बैठकले पास गरेको छ । निर्वाचन केन्द्रित प्रतिबद्धतापत्रमा आफ्नो सुझाव दिनको लागिसमेत सार्वजनिक रुपमा आह्वान गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |